Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

दाल र रोटी खानलाई म किन स्वीट्जरल्याण्डको बैँकमा पैसा राख्छु : केपी ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीट्जरल्याण्डको बैँकका आफूले पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाउने कार्य नरोकिएको दुखेसो गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई सम्पत्तिको लोभ नै नभएको जिकिर गर्दै दुई वटा रोटि र दाल खानका लागि सम्पत्ति लुकाउनुपर्ने कारण नभएको बताएका हुन् ।

उनले भने–‘मलाई किन त्यत्रो सम्पति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पत्ति लुकाउनुपर्ने केही कारण छैन ।’ प्रधानमन्त्री ओलीले आफ्नो जीवन सबै खुल्ला र पारदर्शी रहेको पनि बताए । ‘मेरो जीवन सबै खुला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने र भ्रम फिँजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन,’ उनले भने ।

हिजो सँगै रहेर मस्यौदा गरेका केही मान्छेहरुले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेको समेत टिप्पणी गरे । टिकटकमा प्रतिबन्ध लगाउनेहरुले अहिले जे पनि बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेको उनको जिकिर थियो ।

सुशासनबाट मात्रै समृद्धितिर देशलाई लान सकिने उल्लेख गर्दै उनले रोकिएका कानुन बनाउने प्रक्रियामा सरकार लागिपरेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम नगर्ने स्पष्ट पारे ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode