Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

एक वर्षमा ज्यादतीका घटनाबाट १० हजार ७ सय ३४ जना पीडित


काठमाडौं । सन् २०२४ मा नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौंमा नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै सन् २०२४ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १० हजार ७ सय ३४ जना पीडित भएको जनाएको हो ।

यसअघि सन २०२३ मा यस्ता घटनामा घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको थियो । तथ्याङ्क अनुसार बागमती प्रदेशमा सवैभन्दा बढि र गण्डकी प्रदेशमा सर्व भन्दा कम मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् । सन् २०२४ मा राज्यपक्षबाट ४ सय ५८ जना पीडित भएका छन् । यो संख्या अघिल्लो बर्षको तुलनामा झण्डै ५ सयले कमी रहेको इन्सेकले जनाएको छ ।

मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै इन्सेकले संक्रमणकालीन न्यायीक प्रकृयामा देखिएको ढिलासुस्ती अन्त्य गरि विश्वासयोग्य आयोगको प्रक्रिया तत्काल आरम्भ गर्नुपर्ने सुझाव दिएको छ । इन्सेकले सडक दुर्घटनाका कारणबाट हुने क्षतिको न्यूनिकरण गर्न आवश्यक कार्ययोजना बनाइ कार्यारम्भ गर्नुपर्ने सुझाव दिएको छ । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode