Techie IT
  • २४ वैशाख २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

बालमैत्री प्रतिष्ठानको अभिभावक दिवस सम्पन्न,२४ विद्यार्थी दिक्षीत


ललितपुर । बालमैत्री प्रतिष्ठान मन्टेश्वरी स्कुल तथा डे केयरले आफनो अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा पूर्व प्राथमिक तहको शिक्षा पुरा गरी प्राथमिक तहमा प्रवेश गरेका २४ विद्यार्थीहरु दिक्षीत भएका छन ।


वि. सं. २०६७ सालमा दश जना विद्यार्थीबाट अध्यापन सुरु गरेको मन्टेश्वरीले हाल प्ले गुप्र देखि कक्षा तीनसम्म मन्टेश्वरी प्रविधिको शिक्षा दिदैआएको छ । गोदावरी नगरपालिका वडा नम्बर एकमा सञ्चालित मन्टेश्वरीले ललितपुर महानगरपालिका वडा नम्बर २९ स्थित हरिसिद्धीमा शाखा समेत विस्तार गरेको छ ।

मन्टेश्वरी प्रविधिबाट अध्यापन गराईने यस विद्यालयमा हाल एक सय पचास विद्यार्थी अध्यनरत छन । अभिभावक दिवस तथा दिक्षान्त समारोहलाई मन्तब्य तथा औपचारिक कार्यक्रम भन्दा पनि विद्यार्थीहरुको प्रतिभालाई प्रोत्साहन गर्ने काम गरिएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हरिसिद्धी शाखा बिस्तारमा सहयोग गर्ने शिक्षकहरुका साथै सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।


मन्टेशवरीका अध्यक्ष पविन थापाले गुणस्तरिय शिक्षा प्रदान गर्ने मात्र नभई यस मन्टेश्वरीले विद्यार्थीको खेलकुद, कला, साहित्य लगायतका सृजनशील कार्य र भित्री प्रतिभालाई बाहिर ल्याउन भुमिका खेलेको जानकारि दिनुभयो । यस्तै, प्रतिष्ठानकी प्रिन्सीपल बबिता थापाले कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन् ।


कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष श्री राज थापा, वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्रचार्य लगायतका अभिभावकको भब्य उपस्थिति रहेको थियो ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode