ललितपुरको गोदावरीमा तीन सय १७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी

ललितपुरको गोदावरीबाट तीन सय १७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको छ । गोदावरी नगरपालिका ११ चिभालाछी स्थित बौद्ध चैत्य भित्र रहेको तीन शताब्दी पुरानो मूर्ति चोरी भएको हो ।
बिहान उज्यालो भएपछि मात्रै राति मूर्ति चोरिएको स्थानीयले थाहा पाएका थिए । बजारको मध्य भागमा रहेको चैत्यको केही भाग फोडेर मूर्ति चोरिएकोमा स्थानीय स्तब्ध छन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान र छानबिन अगाडी बढाएको छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया