अध्यक्षका उम्मेदावरलाई कार्यकर्ताको आरोप – एउटा परिवारवादी अर्का अवसरवादी
विवाद मुक्त छैनन् एमाले ललितपुरका अध्यक्षका उम्मेद्वारहरु
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर जिल्ला कमिटीको नवौँ अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । अधिवेशन भब्यताका साथ सम्पन्न गर्नका लागि जिल्ला अध्यक्ष पुरुषोतम आचार्यको संयोजकत्वमा ४७५ सदस्यीय मुल ब्यवस्थापन समिति गठन गरिएको छ । यस्तै १४ वटा समिति र उपसमिति समेत गठन भएको छ ।
महालक्ष्मी नगरपाालिका एक स्थित आँगन पाटी भेन्युमा २३ देखि २५ गते सम्म चल्ने अधिवेशनको उद्घाटन २३ गते ११ बजे नेकपा एमालेका अध्यक्ष एंवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गदैछन । अधिवेशनको सम्पुर्ण तयारी पुरा भईसक्दा यतिेबला जिल्लामा रहेका कार्यकर्ता विच जिल्लाको नेतृत्वमा सर्व सम्मत होला वा चुनावी प्रक्रिया जाला भन्ने चर्चा परिचर्चा समेत चल्न थालेको छ ।
अध्यक्ष पदका लागि यतिबेला पुरषोतम आचार्य , चेतनाथ सन्जेल र दिनेश कार्काी मैदानमा होमीएका छन । सबै क्षेत्र र संगठनबाट अधिवेशनका लागि प्रतिनिधिको टुँगो लागिसक्दा प्रतिनिधि चयनका सन्दर्भमा विभिन्न टिकाटिप्पणी र असन्तुष्टिहरु समेत बाहिरिन थालेका छन् ।
विशेष गरी वर्तमान जिल्ला पार्टी अध्यक्ष पुरषोतम आचार्यले आफू निकट र परिवार भित्रैकालाई अवसर दिँदा पार्टीमा लामो समयदेखी योगदान गरेका अन्य कार्यकर्ताले अवसर नपाएको भन्दै गुनासो आउन थालेको हो । चैत्र १५ गते सबै वडाबाट प्रतिनिधि टुँगो लगाईरहँदा आचार्यको गृह वडा गोदावरी नगरपालिका ४, बडिखेलबाट आचार्यसहित उनकी श्रीमती, भतिज भतिजीसमेत प्रतिनिधिमा पारेको भन्दै बडिखेलका एक कार्यकर्ताले असन्तुष्टि व्यक्त गरे ।
बडिखेलबाट फेरि पनि अध्यक्षको दावेदार रहेका पुरुषोत्तम आचार्य सहित कुमार तिमल्सिना, अभय न्यौपाने, रुपा ढुँगेल आचार्य, केशर बहादुर पहरी र शुभानु आचार्य प्रतिनिधि आएका छन् । रुपा ढुंगेल अध्यक्ष पुरुषोत्तमकै श्रीमती हुन् भने शुभानु भतिजी हुन् । यसैगरी प्रेस चौतारी नेपाल ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्य छन्, जो पुरुषोत्तमका भतिज हुन् ।
६० प्रतिशत पहरी समुदायको बस्ती रहेको बडिखेलमा पहरी जातिको प्रतिनिधित्वलाई निरन्तर रुपमा अवमुल्यन गरिएको भन्दै स्थानीय कार्यकर्ताले असन्तुष्ठ पोखेपनि आचार्यले कुनै सम्बोधन नै गरेनन् । पहरी समुदाय बाट योग्य र सक्षम महिला हुँदाहुँदै दुईदुई जना महिला अध्यक्षले आफ्नै परिवारबाट पार्दा एमाले कमजोर रहेको बडिखेलमा झनै कमजोर हुने स्थितिमा पुगेको चर्चा चोक चोकमा हुन थालेको छ ।
जिल्ला अध्यक्षको नै घर रहेको वडा तथा नगरपालिका निर्वाचनमा सधैँ पराजयको सिकार बनिरहेको छ । यसमा चुनावी टिकटमा समेत आचार्य रजगज हावी हुनुको प्रमुख हात छ।” नाम नबताउने शर्तमा एक सदस्यले भने, ” २०७४ को स्थानीय चुनावमा आचार्यले आफ्ना भतिज विनायक आचार्यलाई वडा अध्यक्षको टिकट थमाए, २०७९ मा विनायककै बाबू राजन आचार्यलाई दिए । फलस्वरुप दुबैपटक लज्जास्पद पराजय व्यहोर्नुपर्यो ।
२०७९ को स्थानीय निर्वाचनमा बलिया उम्मेदवार भनेर वडा अध्यक्षको टिकट दिइएका पुरुषोत्तम आचार्यका दाजु राजन आचार्यले जम्मा ३४६ मत प्राप्त गरेका थिए भने माओवादीका उम्मेदवारले ७ सय २७ र काङ्ग्रेसका उम्मेदवार ले १ हजार मत प्राप्त गरे विजयी भएका थिए ।
सन्जेल प्रतिपनि कार्यकर्ताको गुनासो नै गुनासो
यस्तै अध्यक्षका अर्का उम्मेद्धवार मध्येका एक चेतनाथ सन्जेलप्रति पनि कार्यकर्ताको गुनासोको पोका नै पोका छन । पूर्व बागमती प्रदेश सांसद सञ्जेल जनप्रतिनिधि हुँदा ललितपुर को विकास निर्माणमा बजेट ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका उनी अब, जनप्रतिनिधि भएर ललितपुर को विकास निर्माण, पार्टी अध्यक्ष भएर पार्टी र संगठन निर्माण भन्ने उद्देश्य सहित अध्यक्षको दावी गरिरहेका छन् ।
आचार्य जस्तै उनी पूर्ण निर्विवाद भने छैनन् । सञ्जेललाई पार्टी र निर्वाचनहरुमा हरेक अवसरहरु आफैँले पाउनुपर्ने र अरुको अस्तित्त्व स्वीकार गर्न नसक्ने आरोप लाग्ने गरेको छ । २०७४ कै स्थानीय निर्वाचनमा गोदावरी नगरको मेयर पदको आकाङ्क्षी रहेका उनले श्यामकृष्ण सिलवालले टिकट पाएपछी आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागेको चर्चा यतिबेला पनि ललितपुर एमालेका कार्यकर्ताका विचमा चल्दै आएको छ ।
यस्तै प्रदेशसभा निर्वाचनमा समेत अन्य व्यक्तिको चर्चा र सम्भावना रहँदा रहँदै केन्द्रका नेतालाई आर्थिक प्रभावमा पारेर टिकट ल्याउन सफल भएको चर्चा समेत थियो ।
२०७८ मा पनि पार्टी अध्यक्ष दावी गरेको, प्रदेश सांसदको कार्यकाल नसकिदै २०७९ को स्थानीय निर्वाचनमा मेयरको टिकट दावी गरेको र गम्भीर रानाले टिकट पाएपछी उनलाई हराउन हात धोएर लागेको जस्ता आरोपहरु बाट सन्जेल मुक्त हुन सकेका छैनन् ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया