व्यापारिक कम्प्लेक्सलाई पार्किङ शुल्क उठाउन दिन उच्च अदालत पाटनको आदेश
 
	
				
			ललितपुर । काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था गरेको एक हप्ता नबित्दै उच्च अदालत पाटनले काठमाडौंका ब्यापारिक कम्प्लेक्सहरुलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन बाटो खोलिदिएको छ ।
महानगरको उक्त निर्णयविरुद्ध व्यवसायीहरुले दिएको रिटमाथि सुनुवाई गर्दै सोमबार न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको छ । त्यस्तै ३० साउनमा दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार


 
                                                         
				 
				 
				 
				 
				




 
                    
प्रतिक्रिया