Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

संसदमा प्रचण्डको जवाफ : जसले चुप भयो एमाले


काठमाण्डौ । सोमबार विहानैदेखि प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच लामो छलफल चल्यो । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंहले धेरै प्रयास गरेको भनेर दिएको अभिव्यक्ति गलत भएको भन्दै एमालेले राजीनामा मागेको थियो । तर सोमबारको छलफलमा प्रचण्डले संसदमा माफी माग्नुपर्ने भन्दै एमाले एक कदम पछि हटेपछि संसद संचालनको वातावरण बनेको हो । जवाफ दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्ति विवादमा परेकोप्रति गम्भीर रहेको बताए । प्रश्न उठेपछि संसदमा स्पष्टीकरण दिन चाहे पनि त्यो अवसर नदिइएको गुनासो पनि गरे । आफ्नो राजीनामा मागेकोमा अनौठो लागेको भन्दै एमालेले स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेकोमा असन्तुष्टी व्यक्त गरे ।

त्यसपछि प्रचण्डले एउटा पुस्तक बिमोचन कार्यक्रममा दिएको विवादित अभिव्यक्तिका बारेमा स्पष्टीकरण दिए । २०६८ सालदेखिको घटनाक्रम जोडेर प्रचण्डले छोरीको उपचारका क्रममा भारत गएका बेला स्वर्गीय छोरा प्रकाश दाहालमार्फत प्रितम सिंहसँग भेट भएको स्मरण गरे । त्यसबेला नै प्रितम सिंहले तपाई त प्रधानमन्त्री बन्नुपर्ने मान्छे, मैले त दिल्ली रनेपालमा तपाईको कुरा गर्ने गरेको छु भनेको र आफूले धन्यवाद मात्रै दिएको प्रचण्डले बताए ।

११ वर्ष अगाडि भएको कुरा पुस्तक बिमोचन कार्यक्रममा स्मरण मात्रै गरेको प्रचण्डले बताए । यद्यपी आफूले त्यो कुरा बोल्न नहुने प्रचण्डले स्वीकार गरे । छोरी ज्ञानुको उपचारका क्रममा भएको प्रसंग स्मरण मात्रै गर्दा आफूमाथि अन्याय गरिएको भन्दै प्रचण्ड निकै भावुक पनि भए ।

आफूलाई प्रधानमन्त्री बनाउने नेकपा एमालेले नै राजीनामा माग्दा अचम्म लागेको प्रचण्डले बताए । प्रधानमन्त्री बनाउने र हटाउने कुरा अरु कुनै देशका नागरिकले चाहेर नहुने प्रचण्डले स्पष्ट पारेका छन् । आफू कहिलेकाँही भावुक हुँदा संहालिन नसकेर बोल्न नहुने कुरा पनि बोल्ने गरेको उनले स्वीकार गरे । प्रधानमन्त्री जस्तो व्यक्तिले दिमागले बोल्नुपर्नेमा आफू कहिलेकाँही मनले बोल्दा समस्या हुने गरेको प्रचण्डको ठहर छ । बोल्ने क्रममा गलत भए पनि आफ्नो नियत भने सफल रहेको प्रचण्डको जिकिर छ ।

उनले आफ्नो एउटै भावनात्मक अभिव्यक्तिका कारण अहिले सम्मको योगदान कुनै काम नलाग्ने नभएको हो भन्दै प्रश्न गरेका छन् । प्रतिपक्षी दलहरुलाई पनि विश्वासमा लिएर अघि बढ्न आफू तयार रहेको प्रचण्डको भनाई छ । आगामी दिनमा स साना कुरामा संसद अवरोध गर्ने प्रवृत्ति अन्त्य गरेर संवादबाट विवाद समाधान गर्नतर्फ केन्द्रित हुन प्रचण्डले दलहरुलाई आग्रह गरेका छन् । जे होस असार २० गतेदेखि जारी संसद अवरोध अन्त्य भएको छ । ५ दिनसम्म प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको एमाले पनि लचक बन्दै प्रचण्डको जवाफ सुनेपछि चुप लागेको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode