Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

अचानक किन पुगे वाइडेन युक्रेन ?


अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनको आकस्मिक भ्रमण गरेका छन् । करिब एक वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेपछि राष्ट्रपति वाईडेनले आकस्मिक भ्रमण गरेका हुन् । युद्धपछि वाईडेनको यो पहिलो युक्रेन भ्रमण हो ।

छिमेकी पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेट्न जाँदै गर्दा उनले अप्रत्याशित भ्रमण गरेका हुन् । भेटका क्रममा वाईडेनले पुटिनको युद्ध विजय असफल भईरहेको बताए । रुसको सेनाले एक पटक कब्जा गरेपछि आफ्नो आधा भूभाग गुमाएको छ । युवा, प्रतिभाशाली युवाहरु रसियाबाट आफ्नो भविष्य नदेखेपछि भागिरहेको भन्दै वाईडेनले टिप्पणी गरेका छन् ।

त्यस्तै उनले रुसको अर्थतन्त्र पृथक र संघर्षरत भएको पनि बताएका छन् । उनले युक्रेनलाई आफ्नो स्वतन्त्रताका लागि लडिरहन र त्यसमा सधैँ अमेरिकाको साथ रहने वाईडेनले आश्वासन समेत दिएका छन् । रुस र युक्रेनको युद्ध सुरु भएदेखि नै अमेरिकाले युक्रेनको समर्थन गर्दै आएको छ । तर यस आकस्मिक भ्रमणपछि भने अमेरिका र रुसको सम्बन्ध अझै चिसिने देखिएको छ ।


क्याटेगोरी : विदेश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode