ताइवानमा चीन विरोधी उम्मेदवार राष्ट्रपतिमा निर्वाचित
ताइवानमा सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) का विलियम लाइ राष्ट्रपतिमा निर्वाचित भएका छन् । यसअघि उपराष्ट्रपतिसमेत रहेका विलियमले ४० प्रतिशत मत पाएर निर्वाचित भएका हुन् । उनले प्रतिस्पर्धीहरु विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) का होउ यु–इह र ताइवान पिपुल्स पार्टी’ (टीपीपी)का को वेन–जेलाई पराजित गरेका हुन् ।
मतदानमा एक करोड चालिस लाख नागरिक सहभागि थिए । चीन विरोधी भनेर चिनिएका विलियम विजयी भएपछि चिनलाई धक्का लागेको छ । विलियमको जित पछि आयोजित ¥यालीमा बोल्दै ताइवानकी वर्तमान् राष्ट्रपति साई इङ–वेनलेले ताइवानमा लोकतन्त्रको जित भएको प्रतिक्रिया दिइन् । ताइवानको स्वतन्त्रता र लोकतन्त्रको लागि कुनै पनि चुनौती र दबाबले प्रभाव नपारेको भन्दै उनले मतदाताहरुलाई धन्यवाद दिइन् ।
यस्तै राष्ट्रपतिमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै विलियम लाइले चीनसँगको सम्बन्धमा अत्यन्तै सतर्क रहने बताए । ताइवानलाई चीनले आफ्नै देशको हिस्सा दाबी गर्नु र ताइवनासँगको सम्बन्धकै कारण चीन र अमेरिकाबीच टकराव रहेकोले यो चुनावलाई विश्वले चासोको साथ हेरेको छ ।
क्याटेगोरी : विदेश
प्रतिक्रिया