Techie IT
  • २२ असोज २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

इजरायल युद्वमा २४ देशका नागरिकको मृत्यु, ७ सय २४ जना बालबालिकाको हत्या


गत शनिबार कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा अहिलेसम्म १३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा ७ सय २४ जना बालबालिकासमेत रहेको प्यालेस्टिनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले हमलामा मारिनेहरूमा चार सय ५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार सात सय १४ जना घाइते भएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार आक्रमणमा मारिनेमा १ सय भन्दा बढी विदेशी छन् । अहिलेसम्म २४ देशका नागरिक मारिएको पुष्टि भएको छ । सबभन्दा बढी अमेरिकाका २७ जनाको मृत्यु भएको छ । त्यसैगरी थाइल्याण्ड २४ जना र फ्रान्सका १५ जना मारिएका छन् । नेपालका पनि १० जना मारिएका छन् । अर्जेन्टिना र युक्रेनका समान ७–७ जना मारिएका छन् । रुस, बेलायत र चिलीका चार चार जनाको मृत्यु भएको छ । जर्मनी, मेक्सिकोका कयौं नागरिकलाई हमासले बन्ध बनाएको खबर छ भने इटली, पाराग्वे, श्रीलंका र तान्जानियाका केही मानिस हराइरहेका छन् ।

यसैविच, प्यालेस्टाइनी अतिवादी समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा थप रकेट प्रहार गरेको छ । इजरायलले उत्तरी गाजापट्टीको भूमि खाली गराउन २४ घन्टे चेतावनी जारी राखेको बेला हमासले इजरायलमा थप रकेट प्रहार गरेको हो । त्यहाँ रकेटहरूका कारण निरन्तर ब्यारेज बन्द भएको छ र पछिल्लो घण्टामा तेल अवीवमा अलर्ट जारी राखिएको छ ।

त्यस्तै, गाजापट्टीमा इजरायलले गरेको आक्रमणको विरोधमा जोर्डन र इराकका सडकमा बृहत् प्रदर्शन सुरु भएका छन् । उनीहरूले गाजामा बढ्दो तनाव रोक्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान समेत गरेका छन् । प्यालेस्टाइनको समर्थन गर्दै हजारौँ जोर्डनवासी शुक्रबार सडकमा उत्रिएका छन् । उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमास नियन्त्रित गाजापट्टीमा इजरायलले गरेको आक्रमणको विरोध गरेका हुन् ।

 

 


क्याटेगोरी : विदेश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode