Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

भारतको चन्द्रयान ३ चन्द्रमाको सतहमा अवतरण गर्न सफल


भारत । भारतको चन्द्रयान–३ ले चन्द्रमाको सतहमा सफल अवतरण गरेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ । चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ । यस्तै, अनुसन्धान र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ ।

श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेको हो । आइएसआरोले दिएको विवरण अनुसार चन्द्रयान–३ का मुख्यतया तीनवटा लक्ष्य राखिएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डरको सफ्ट ल्यान्डिङ, ल्यान्डर र रोभर्ससँग चन्द्रमाको सतहमा अनुसन्धान गर्ने, चन्द्रमाको सतह भनिने रेगोलिथमा ल्यान्डरलाई अवतरण गर्ने र घुमाउने चन्द्रयानको उद्धेश्य हो ।

ब्रिक्स सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सम्बोधन गरेका छन् । प्रधानमन्त्री मोदीले आफूहरुले आँखा अगाडि इतिहास बनिरहेको देखेको बताउँदै जीवन धन्य हुने बताएका छन् । उनले यो क्षण अविस्मरणीय रहेको बताउँदै विकसित भारतको समृद्धि पनि रहेको बताए । उनले आइएसआरओ वर्षौंदेखि यो क्षणको लागि पर्खिरहेको जिकिर गरेका छन् ।


क्याटेगोरी : विदेश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode