Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गुजरानवाल्लाह प्रान्तमा भएको एक राजनीतिक ¥यालीका क्रममा खानमाथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर उनी घाइते भएका छन् । घटनामा अरु ३ ४ जना पनि घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।

उनीलाई मोटरलाई लक्षित गर्दै गोली प्रहार गरिएको थियो । खान केही समययता तत्काल निर्वाचनको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन् । उनले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ ।


क्याटेगोरी : विदेश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode