Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

सोमालियामा बम विस्फोट हुँदा कम्तीमा १ सय जनाको मृत्यु


सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शनिबार दिउँसो सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय अगाडि कार बम विस्फोट हुँदा १ सय जनाको मृत्यु भएको र ३ सय जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

दुर्घटनास्थलको स्थलगत भ्रमणपछि सोमालियाका राष्ट्रपति हसन सेख मोहमदले विस्फोटमा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गरेका छन् । विस्फोटमा विद्यार्थी‚ व्यापारी‚ अभिभावक‚ बालबालिकासमेत परेको भन्दै राष्ट्रपति मोहमदले यसको जिम्मेवारी इस्लामिक समूह अल सबाबले लिनुपर्ने बताएका छन् । हालसम्म यो घटनाको जिम्मा कसैले लिएको छैन ।

पहिलो विस्फोट शिक्षा मन्त्रालय अगाडि रहेको मोगादिसुको व्यस्त सडकमा भएको थियो भने उक्त विस्फोटमा परेकाहरूको उद्धारका लागि मानिसहरू जम्मा भएपछि दोस्रो विस्फोट भएको थियो । विस्फोटको कारण भने अझैसम्म खुलेको छैन । यसअघि सन् २०१७ अक्टुबरमा सोमालियाकै इतिहासको सबैभन्दा ठूलो बम विस्फोट पनि यही स्थान नजिकै भएको थियो । उक्त विस्फोटमा परी ५ सयभन्दा बढी नागरिकको ज्यान गएको थियो ।


क्याटेगोरी : विदेश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode