Techie IT
  • ११ असार २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

प्रसिद्ध माइग्रेसन एजेन्ट निशान्त शर्मा अष्ट्रेलियास्थित न्यू साउथ वेल्सको सर्वोच्च अदालतमा अधिवक्ता बन्न सफल


अष्ट्रेलिया । अष्ट्रेलियामा रहेका प्रसिद्ध माइग्रेसन एजेन्ट निशान्त शर्मा अष्ट्रेलियाको न्यू साउथ वेल्सको सर्वोच्च अदालतमा अधिवक्ता बनेका छन् । प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसका सिईओसमेत रहेका शर्मा विगत ६ वर्षदेखिको निरन्तर संकल्प र अटल दृढसंकल्पका कारण आज यो सफलतामा पुगेका हुन् ।

निशान्त नेपालका वरिष्ठ कलाकार लव शर्माका छोरा हुन् । उनी यसअघि नै अष्ट्रेलियामा पटक–पटक सर्वोत्कृष्ट आप्रावासी एजेन्टको उपाधिबाट सम्मानित भैसकेका छन् । आफ्नो पेशा र व्यवसायमा उत्कृष्टता प्रदान गरेकै कारण उनी हजारौंको मन जित्न सफल भएका हुन् । आजबाट भने आफूले कानूनी क्षेत्रमा छुट्टै स्थान बनाउनेगरि पाईला चालेको उनको भनाई छ । शर्माको यो उपलब्धि उनको व्यक्तिगत सफलतामात्रै नभएर अष्ट्रेलियामा रहेका नेपाली समूदायको लागि पनि ठूलो खुशीको विषय हो ।

शर्माको यो सफलताको खुशी साट्नको लागि उनका अभिभावक र प्रेरणाका स्रोत प्रसिद्ध अधिवक्ता डा. शमशेर थापा आँफै शर्मासँगै अदालत पुगेका थिए । शर्माले आफू आजको यो स्थानमा आईपुग्नको लागि डा। थापाकै मार्गनिर्देशन कोशेढुंगा सावित भएको बताउँदै आएका छन् ।

 


क्याटेगोरी : विदेश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode