तारकेश्वर शैक्षिक मञ्चको आयोजनामा तीज नृत्य अन्तर विद्यालय प्रतियोगिता
काठमाडौं । काठमाण्डौंको तारकेश्वर शैक्षिक मञ्चले तीज नृत्य अन्तर विद्यालय प्रतियोगिता गर्ने भएको छ । विद्यार्थी जीवनदेखि आफ्नो संस्कृतिलाई बुझाउने उद्देश्यले भदौ १५ गते शनिबार (भोलि) गोलढुंगा अर्किड एकेडेमीमा प्रतियोगिता गर्न लागिएको हो ।
विहिबार तारकेश्वर शैक्षिक मञ्चले पत्रकार सम्मेलन गर्दै २० वटा स्कूलका विद्यार्थीले तीज नृत्य प्रस्तुत गर्ने जानकारी दिइएको हो । तारकेश्वर शैक्षिक मञ्चका सचिव अवसर पौडेलले तीज नृत्य प्रतियोगिता २०८१ लाई ५औँ वर्ष प्रतियोगितको रुपमा सम्पन्न गर्न लागिएको जानकारी दिए ।
मञ्चका अध्यक्ष नवराज न्यौपानेले कार्यक्रमको औचित्य प्रकाश पार्दै पर्वहरू विद्यार्थीको लागि परम्परा र संस्कृति पहिचान गर्ने माध्यम हुन सक्ने धारणा व्यक्त गरे । सातौँ स्थानसम्म पुरस्कृत गरिने उक्त प्रतियोगितामा ४औँ स्थानसम्मले मेडल तथा ट्रफी प्राप्त गर्नेछन् । ५औँ देखि सातौँ स्थान प्राप्त गर्ने विद्यालयलाई ट्रफीद्वारा पुरस्कृत गरिने छ । कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जनको पनि उपस्थिती रहने छ ।
नृत्यको मूल्याङ्कन राष्ट्रिय नाचघरका विज्ञहरूद्वारा गराइने गोलढुंगा अर्किड एकेडेमीका प्रिन्सिपल तथा मञ्चका उपाध्यक्ष झनकराज शर्माले जानकारी दिए । गोलढुंगा अर्किड एकेडेमीले कार्यक्रमको संयोजन गर्ने छ ।
क्याटेगोरी : शिक्षा/स्वास्थ्य
प्रतिक्रिया