Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

ब्राइट फ्युचर स्कूल एण्ड कलेजले वार्षिकोत्सवको अवसरमा ‘बृहत रक्तदान कार्यक्रम’ गर्ने


ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका –१५, सातदोबाटोमा रहेको ब्राइट फ्युचर स्कूल एण्ड कलेजले आफ्नो १६ औँ वार्षिकोत्सवको अवसरमा भदौ ५ गते, बुधबार ‘बृहत रक्तदान कार्यक्रम ’ आयोजना गर्ने भएको छ । कलेज परिसरमा ‘ रक्तदान जीवनदान ’ भन्ने मूल नाराकासाथ भोलि बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म कार्यक्रम आयोजना गर्न लागिएको कलेज प्रिन्सिपल किशोर अधिकारीले बताए । रक्तदान कार्यक्रममा ललितपुर रक्त संचार सेवा केन्द्, पुल्चोकको प्राविधिक सहयोग रहने छ ।

मानिसको जीवन बचाउने कार्यका लागि रगत आवश्यक भएकोले र गर्मी मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले हाल ललितपुरलगायत देशभरमा उच्च रक्त अभाव भएको अवस्थालाई मध्यनजर गर्दै रगतको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको कलेजका प्रिन्सिपल अधिकारीले बताए । उक्त कलेजले आफ्नो नैतिक र सामाजिक उत्तरदायित्व अनुरुप विद्यार्थीहरुको पठनपाठन सहितका रक्तदान कार्यक्रमलगायत विभिन्न सामाजिक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको अधिकारीले बताए ।

पछिल्लो समय अभिभावक र विद्यार्थीहरुको रोजाइमा पर्दै आएको ब्राइट फ्युचर स्कूल एण्ड कलेजले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरेको कलेजका प्रिन्सिपल अधिकारीले बताए । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापका साथै पढाइमा केन्द्रित गर्न कलेजले कुनै कुरामा सम्झौता नगरेको अधिकारीले बताए ।


क्याटेगोरी : शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode