Techie IT
  • २० फागुन २०८०, आईतबार
  • काठमाडौं
Khoj Mission News

विज्ञान, चित्रकला प्रदर्शनी एवं फ्रुट फेस्टिबल सम्पन्न (तस्विर)


ललितपुर । ब्राइट फ्युचर माध्यमिक विद्यालय, कलेज ललितपुर–१५, सातदोबाटोेले गत माघ–१९ गते शुक्रबार १ दिन कक्षा–१ देखि कक्षा कक्षा–९ सम्मका बालबालिकाहरूको सक्रियतामा १ दिवसीय विज्ञान, चित्रकला प्रदर्शनी, फुड फेस्टिबल एवं सांस्कृतिक पहिरन प्रतियोगिता कार्यक्रम सम्पन्न भयो । उक्त अवसरमा विज्ञानसम्बद्ध ५१ चित्रकलासम्बद्ध करिव २०० तथा फुड फेस्टिबलका २१ स्टलहरू राखिएका थिए ।

बिहान ११ः०० बजेदेखि सुरु भएको उक्त कार्यक्रम आफ्नो सांस्कृतिक पहिरनमा सजिएका लगभग १५०० जना विद्यार्थी र उनीहरूका अभिभावकले अवलोकन गरे । आफ्नो रूचिअनुसार चित्रकला, विज्ञान प्रयोग एवं खाद्यवस्तु निर्माणमा बालबालिकाहरूको सक्रियताप्रति खुसी हुँदै विद्यालयको सिर्जनशील कार्यको मुक्तकण्ठले प्रशंसा गरे ।


क्याटेगोरी : शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode