Techie IT
  • २१ असोज २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

उद्योग मन्त्री र बैंक तथा बित्तिय संस्था परिसंघ भेटवार्ता


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग क्षेत्रमा संकट आउन नदिन उद्योगीहरुको सहयोगको आवश्यकता रहेको बताएका छन् । आईतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यान नेतृत्व बैंक तथा बित्तिय संस्था परीसंघको टोलिले भेट गरेको थियो । भेटका क्रममा मन्त्री रिजाललाई परिसंघ टोलिले उद्योग क्षेत्रमा रहेको बिभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । बैंकिङ जस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरिदिन आग्रह गर्दै परिसंघ टोलीले उक्त रकम उधोग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएको थियो ।

मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उद्योग क्षेत्रलाई बचाउँका लागि सरकारलाई उद्योगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताए । मन्त्री रिजालले सरकारलाई दोष दिदै भाग्ने प्रवृत्ति अन्त्य गरेर सरकारलाई सहयोग गर्न आग्रह गरे ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode