Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री र भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका प्रतिनिधिबीच भेट


काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रि रमेश रिजालसँग भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीले भेटवार्ता गरेको छ । पेट्रोलियम तथा ग्याँस सम्बन्धि नेपाल–भारत संयुक्त कार्य समुहको सहसचिव स्तरीय चौथो बैठकमा भाग लिन काठमाडौँ आएको टोलीले आज बैठक पश्चात उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा मन्त्री रिजालसग भेटवार्ता गरेको हो ।

पेट्रोलियम तथा ग्याँस सम्बन्धि नेपाल–भारत संयुक्त कार्य समुहको बैठकमा नेपालको तर्फबाट उधोग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव राधिका अर्यालले नेतृत्व गरेकी थिइन् । बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पुर्वाधार विकास, प्राकृतिक ग्याँसको क्षेत्रमा थप अध्ययन गर्ने लगायतका अन्य विविध विषयहरुमा छलफल भएको थियो । मन्त्रि रिजालसगको भेटमा भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवले बैठकमा छलफल भएका विषयहरुमा थप प्रकाश पारेका थिए ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode