Techie IT
  • १७ असार २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

गोदावरी नगरपालिकाको बजेट २ अर्ब ७ करोड २२ लाख


ललितपुर । गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि २ अर्ब ७ करोड २२ लाख ९० हजार ४४९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । मंगलबार नगरपालिकाको १७औं नगरसभामा नगर उपप्रमुख मुना अधिकारीले चालु खर्चतर्फ ४६ प्रतिशत, पूँजीगत खर्चतर्फ ५२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २ प्रतिशत विनियोजन गरेर बजेट ल्याएकी हुन् ।

बजेट सार्वजनिक गर्दै अधिकारीले कृषि, पूर्वाधार, पर्यटकीय नगरीः स्वच्छ, समावेशी, समृद्ध गोदावरी भन्ने मूल लक्ष्यलाई आत्मसात गर्दै बजेट ल्याएको बताइन् । उनले भनिन–“गुणस्तरीय सेवा प्रवाह, सामाजिक न्याय, वातावरण संरक्षण, समावेशीकरण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्यको गुणस्तर अभिवृद्धि र स्थानीय उत्पादन प्रवद्र्धनमा बजेट केन्द्रित गरिएको छ ।”

स्वास्थ्य र शिक्षामा झण्डै ७ करोड २५ लाख, सामाजिक विकासमा ११ करोड ८५ लाख, कृषि तथा पशुपालनमा १ करोड ८० लाख, पूर्वाधार विकासमा ४८ करोड ५० लाख, विपद् व्यवस्थापन र वातावरण संरक्षणमा ९ करोड, सूचना प्रविधि र सुशासनमा ३५ करोड र वडास्तरीय कार्यक्रमका लागि २१ करोड बजेट छुट्याइएको छ ।

बजेट कार्यान्वयनका लागि नगरपालिकाले आन्तरिक राजस्वबाट ४१ करोड ७४ लाख ९५ हजार, संघीय सरकारबाट ७८ करोड ७२ लाख, प्रदेश सरकारबाट १५ करोड २५ लाख, मालपोत रजिष्ट्रेशनबाट ३७ करोड, चालु आवको वचतबाट ३२ करोड, लागत सहभागिताबाट २ करोड ५० लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode