Techie IT
  • ३१ जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

नेपालमा महिला नेतृत्व शिखर सम्मेलन हुँदै


काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले चैत्र ११ र १२ गते आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको जनाएको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको परिसंघले जनाएको छ । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छायाँ शर्माले बताइन् ।

सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने छ । विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरको सहभागिता सुनिश्चित भईसकेको छ ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode