Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

बैँकहरुको घोषणा : यस्तो छ कात्तिक महिनाका लागि नयाँ ब्याजदर


काठमाण्डौ । नयाँ महिनाका लागि तय गरिने ब्याजदर अघिल्लो महिनाको मसान्तसम्म प्रकाशन गरिसक्नुपर्ने व्यवस्था बमोजिम सबै बैंकहरुले कात्तिक महिनाको ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० मध्ये १० बैंकहरूले निक्षेपमा ब्याजदर घटाएका छन् भने ९वाणिज्य बैंकहरुले भने ब्याजदरलाई स्थिर राखेका छन् ।

एक बैंकले भने व्यक्तिगततर्फ ब्याजदर बढाउँदा संस्थापकतर्फको पुरानै ब्याजदर कायम गरेको छ । कात्तिक महिनाको लागि माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै ७ प्रतिशत ब्याज दिने भएको छ । त्यसैगरी सिटिजन्स बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याज दिँदा हिमालयन बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । यस्तै लक्ष्मी सनराइजले व्यक्तिगततर्फ ६ प्रतिशत दिँदा संस्थागततर्फ ५ प्रतिशत र सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत दिँदा व्यक्तिगततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको हो ।

नबिल बैंकले भने व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै कृषि विकास बैंकले पनि व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर कायम गर्दा प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज कायम गरेको छ । यता राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगततर्फ ५.८ प्रतिशत र संस्थापकतर्फ ५ प्रतिशत ब्याज दिँदा एनआईसी एसियाले भने व्यक्तिगततर्फ ६.९९ प्रतिशत र संस्थागततर्फ ५.९९ प्रतिशत ब्याज दिने भएको हो ।

नेपाल बैंकले, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् । सानिमा बैंकले भने व्यक्तिगततर्फ ०.२५ प्रतिशतले बढाएर ६.१५ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ पुरानै दरलाई कायम गरेको छ । नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले सर्वाधिक ३.२७ प्रतिशत ब्याजदर तोकेको छ । अधिकांश बैंकहरुले भने यसलाई ३ प्रतिशतको न्यूनतम विन्दुमा झारेका छन् । त्यस्तै, व्यक्तिगत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ६.५ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको छ ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode