Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

१२ करोड १० लाख राजश्व चुहावट गर्ने २ जना पक्राउ


काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीले राजश्व चुहावट गरी सजाय सुनाइएका तर फरार रहेका दुई जनालाई पक्राउ गरी अदालतमा पेश गरेको छ । न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी एकआपसमा मिलोमतो गरी राजश्व नतिर्ने कुमारी गुरुङ र प्रदिप कुमार गुप्ता पक्राउ परेका हुन् । गुरुङ प्रोपाइटर रहेको फर्म बैंक खाता संचालक गुप्ताको नामा थियो ।

उनीहरुले मालवस्तु खरिद बिक्रि नगरी नक्कली कर बिजक जारी गरी संकलन भएको मूल्य अभिवृद्धि कर र आम्दानीमा कानून बमोजिम तिर्नुपर्ने आयकर नतिरी राजस्व चुहावट गरेका थिए । उक्त मुद्धामा उच्च अदालत पाटनले २०७९ भदौ २५ गतेको फैसला गर्दै प्रतिवादीहरुलाई एक एक वर्ष कैद र जनही रु १२ करोड १० लाख ३६ हजार ५ सय ३० रुपैंया जरिवाना तोकेको थियो ।

तर सजाय वेरुजू भई फरार रहेका उनीहरूलाई सिआइबीले फागनु १७ गने चितवनबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको सिआइबीले जनाएको छ ।। ००


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode