विद्युतिय सवारी साधनको प्रयोग गर्न प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको आग्रह

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमा घिसिङले विद्युतिय सवारी साधन उपयोगमा जोड दिनुपर्ने बताएका छन् । इ भी नेपाल मोटर्स प्रालिले गरेको विद्युतीय गाडी लन्च कार्यक्रममा घिसिङले इन्धनबाट चल्ने गाडीको प्रयोगमा कमी ल्याएर विद्युतिय गाडीको उपयोगमा जोड दिनुपर्ने बताएका हुन् ।
पेट्रोलबाट चल्ने गाडीबाट वातावरणमा समेत असर पर्ने हुँदा अहिलेको समयमा विद्युतिय गाडी नै सस्तो र प्रदुषणरहित हुने बताए । घिसिङले बाहिरबाट आउने इन्धन महंगो पर्ने तथा त्यसले नकारात्मक उर्जा दिने भएकाले आफ्नै देशमा उत्पादन हुने सकारात्मक उर्जा दिने विद्युतीय सामग्रीहरुको उपयोग बढाउन आग्रह गरेका हुन् ।
आजदेखि इभी नेपाल मोटर्सको नयाँ शोरुम काठमाण्डौको नक्सालमा संचालनमा ल्याइएको छ । २ पाङ्ग्रे सवारी साधन विक्रि वितरण गर्दै आएको इभी नेपाल मोटर्सले नयाँ शोरुमबाट चार पाङ्ग्रे सवारी साधन पनि विक्रि वितरण सुरु गरेको हो ।
क्याटेगोरी : अर्थ/सहकारी
प्रतिक्रिया