उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्न अर्थमन्त्री जनार्दन शर्माको सुझाब

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा भएको फिन इलेक्ट्रो टेक २०२२ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि सरकार गम्भिर रहको भन्दै उद्योगी व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउन आग्रह गरे ।
मन्त्री शर्माले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको धारणा राखे । उनले व्यवसायीहरुले निजी क्षेत्र निराश छन् र अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिन व्यवसायीलाई आग्रह समेत गरे ।
त्यस्तै मन्त्री शर्माले अटो व्यवसायीहरुले उठाएको ५० प्रतिशत एलसी मार्जिन लगायतका व्यवस्थाको म्याद थप नहुने स्पष्ट पारेका छन् ।
क्याटेगोरी : अर्थ/सहकारी
प्रतिक्रिया