Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

लगानीकर्ताहरुलाई प्रधानमन्त्रीको आग्रह : लगानीको वातावरण बनेको छ, ढुक्क हुनुस्


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानीको अनुकूल वातावरण बनेको भन्दै लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरेका छन् । लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले लगानीको अनुकूल वातावरण बन्दै गएको अवस्थामा लगानीको प्रभावकारी सदुपयोग र जोखिममुक्त गर्न सरकार प्रतिबद्ध रहेको भन्दै लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरेका हुन् ।

संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनले बताए । प्रधानमन्त्रीले व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको भन्दै कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समयसीमाभित्र लक्षय पुरा गर्नु प्रमुख चुनौतीको रूपमा रहेको जिकिर गरे ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode