Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

सहकारीले उठिबास बनाएपछि अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघरको धर्नामा


काठमाण्डौ । विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरुको माइतिघरको धर्नामा अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी लगाएत सहभागी भएका छन् । सिभिल सहकारीले आफुहरुले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरु धर्नामा सहभागी भएका हुन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउदा आफुहरु निकै समस्यामा परेको भन्दै उनीहरुले सरकारले उचित तवरले समस्या समाधान गर्न आग्रह गरेका छन् ।

भुसालले सहकारीबाट दुख पाएको तीन बर्ष भएको भन्दै सहकारी सञ्चालकहरुको सम्पती बिक्रि गरेर पीडितलाई न्याय दिनुपर्ने बताइन् । भुसाल भन्छिन्, ‘हामी तीन वर्ष भइसक्यो रुँदै कराउदै हिँडेको । इच्छाराम तामाङको विश्वास भएर सिभिल सहरकारीमा लगानी गरेका थियौ । लाखौं करोडौंको व्यवसाय भएको हुनाले हामीले विश्वास गरेका थियौं ।’

आफु लगाएत परिवारका १४ जनाको दुई करोड ६० लाख तथा भुवन चैत्य बसुन्धरा फाउण्डेसनकातर्फबाट राखिएको १५ लाख समेत फसेको भुसालको दाबी छ । अर्की कलाकार चैत्यदेवी बिरामी अवस्थामा नै रिले अनसनमा सहभागी भएकी थिइन् । उनले आफ्नो भएभरको सबै पैसा डुबेको बताइन् । दुई अभिनेत्रीहरुको रिले अनसनमा कलाकार संघका महासचिव अभिनेता सविन श्रेष्ठ पनि साथ दिन आएका थिए ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode