Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

मौद्रिक नीतिमा के छ नयाँ ? यस्तो छ विवरण


काठमाण्डौ । नेपाल राष्ट्र बैकले मुद्रास्फीतिलाई ६ दशमलव ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकले आइतबार ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने, मुद्रास्फीतिलाई ६ दशमलव ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्यसहितको आर्थिक बर्ष २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक गरेको हो ।

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि हासिल गर्न पुँजी निर्माण हुने क्षेत्रमा वित्तीय स्रोत परिचालन गरी उत्पादन क्षमता अभिवृद्धि गर्ने नीतिलाई प्राथमिकतामा साथ अघि सारेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने गरी कुल आन्तरिक माग व्यवस्थापन गर्ने रणनीति मौद्रिक नीति मार्फत अघि सारिएको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण मौद्रिक नीतिले गरेको छ भने बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ भने आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ ।

आन्तरिक माग एवम् आपूर्तिबीच सन्तुलन कायम राखी समग्र माग व्यवस्थापन गर्दै समष्टिगत आर्थिक स्थायित्व हासिल गर्नेतर्फ मौद्रिक नीति केन्द्रित भएको छ । मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाइएको छ । यसअघि, पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाख रुपैयाँ रहेकामा त्यसलाई वृद्धि गरी दुई करोड रुपैयाँ पु¥याइएको छ ।

यस्तै, सेयर धितो, रियल स्टेट तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरवलोकन गरिने राष्ट्र बैंकले जनाएको छ । २०८१ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान सुविधा उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने बैंकले जनाइएको छ । नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुईपटकसम्म अमेरिकी डलर एक हजार ५०० सम्म सटही सुविधा दिइने गरिएकामा त्यसलाइ परिमार्जन गरी अमेरिकी डलर दुई हजार ५०० पु¥याइएको छ ।

 


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode