Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

आयात–निर्यातको अन्तर घट्यो, यस्तो छ तथ्याङ्क


काठमाण्डौ । चालू आर्थिक वर्षको तीन महिनामा करिब पाँच खर्ब रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा चार खर्ब ९९ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको हो । जुन गत आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतले घटेको हो ।

आयातसंगै निर्यात पनि घटेको छ । यस अवधिमा ४१ अर्ब ८२ करोड एक लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । त्यस्तै, असोज महिनामा नेपालले ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको तुलनामा यस वर्ष व्यापार घाटा १३.१३ प्रतिशतले घटेको छ ।

त्यस्तै, वैदेशिक व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । यस अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode