गण्डकी प्रदेश सरकारले ल्याएको आगामी वर्षको बजेट पारित
कास्की । गण्डकी प्रदेश सरकार ल्याएको आगामी वर्षको बजेट पारित भएको छ । असार १ गते अर्थमन्त्री जीतप्रकाश आलेले संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको हो । सरकारले ल्याएको ३३ अर्ब ४२ करोेड ७२ लाख बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन भएको छ ।
पुँजीगततर्फत २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेट ल्याइएको हो । २२ दिनसम्म संसदमा भएको छलफल र ३ पटकसम्म एमालेले गरेको अवरोधबीच बजेट पारित भएको हो । गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटसँग तालमेल नभएको र सांसदको योजना काटेर कर्मचारीको योजना हालिएको भन्दै सत्तापक्षकै सांसदले असन्तुष्टि जनाए ।
सत्ता पक्षकै सांसदहरुले सरकारको बजेटमा कर्मचारीतन्त्र हाबी भएको आरोप लगाए । सरकारले प्राथमिकताको क्षेत्र अझै पनि पहिल्याउन नसकेको प्रमुख विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीको भनाइ थियो ।
क्याटेगोरी : अर्थ/सहकारी
प्रतिक्रिया