Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

चावहिलमा जुत्ताचप्पलको व्यापार मेला, यस्तो छ विशेषता


काठमाडौं । “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ स्वदेशी उत्पादनको प्रोत्साहन तथा प्रचार प्रसार गर्न देशका बिभिन्न ठाउँमा समय समयमा जुत्ताचप्पल मेला गर्दै आई रहेको नेपाली जुत्ता चप्पल उत्पादक समुहको आयोजनामा प्रथम चावहिल जुत्ता चप्पल मेला २०८०को शुभारम्भ भएको छ ।

प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला २०८० का संयोजक दिवाकर गिरीले जानकारी गराए अनुसार “नेपालको औधोगिक उत्पादनमा फुटवयर क्षेत्रको योगदान उल्लेखनिय रहेको र त्यसमा पनि नेपाली फुटवयर जन्य सामान नेपाली उपभोक्ताहरुको मागको करिब ६५.५ प्रतिशत योगदान नेपाली उत्पादनबाट भइरहेको छ । उत्पादन क्षमता वार्षिक सोह्र करोड जोर रहेकोमा नेपाली बजारको माग दश करोड जोर रहेको तर विक्री जम्मा छ करोड जोर रहेको छ । नेपाली उत्पादनलाई बजारीकरण गर्ने विभिन्न माध्यम मध्य मेला प्रर्दशनी पनि एक हो । नेपाली उद्योगीहरुको पहलमा देशका विभिन्न क्षेत्रमा मेला प्रर्दशनीबाट नेपाली उत्पादनहरु ग्राहक सम्म परिचित गराउने कममा आज प्रथम चावाहिल जुत्ता चप्पल ब्यापर मेला २०८० शुभारम्भ गर्न गइरहेका छौ । यो जुत्ता चप्पल व्यापार मेलाबाट काठमण्डौका चाबहिल सहित काठमाण्डौको उपभोक्ताहरुलाई प्रत्क्षय लाभ पुग्ने विश्वास लिएका छौ” भनिएको छ । मेलामा सहभागी उद्योगीहरुमा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र ३००० भन्दा धेरै डिजाईन रहने छन ।

१) सुरभी पोलिमर्स २) पवित्र शु इण्डस्टिज प्रा लि ३) फुट फेशन ४) बोस शुज क्लेक्सन ५) वेलकम शुज कलेक्सन ६) फूटमाण्डु शुज ७) नमस्ते फूटवयर प्रा लि ८) हिमानी कलेक्सन ९) शुबोध एण्ड सुस्मिता ट्रेडर्स १०) बज्र फूटवयर इण्डष्ट्रिज ११) रन शुज इण्डष्ट्रिज प्रा लि १२) शिखर शुज इण्डष्ट्रिज १३) परागन फुटवयर इण्डष्ट्रिज प्रा.लि. १४) नियशा शुज इण्डष्ट्रिज प्रा लि.सहभागी कम्पनीहरु हुन् । ति कम्पनिमा उत्पादन भएका मुख्यब्राण्डहरुमा हाइ लाइफ , श ल्याण्ड , बेलि , बोस शुज, आइडल, भेनस, सिल्स, हिमानी, वन वल्र्ड, कोसेली, रन शुज, शिखर शुज, पिजी शुज, व्याम्बो शुज रहेका छन् ।

यो प्रथम चावहिल जुत्ता चप्पल व्यपार मेला २०८० यही २०८० माघ १८ गते देखी २०८० फागुण १८ गते सम्म संचालन रहने आयोजकले बताएको छ । मेलामा विहे तथा जाडोलाई लक्षित गरेर महिला बालबालिका पुरुष जेस्ठ नागरिक सबै उमेर समुह लाई १४ कम्पनिका ३० ब्राण्डका एउटै छानामुनि ३००० भन्दा धेरै भेराइटि सहित १५ प्रतिशत देखी ५० प्रतिशत सम्म छुटमा कारखानाकै मुल्यमा उपभोक्ता सम्म पुयाउने नेपाली उत्पादनको वारेमा प्रचार प्रसार गर्ने होलसेल खुद्रा व्यापारीहरुलाई नेपाली उत्पादन विक्री गर्न प्रोत्साहन गर्ने रहेको छ ।

आयोजकका अनुसार यो मेलाले आम नेपाली जुत्ता उपभोग गर्ने उपभोत्ताहरुलाई नयाँ नयाँ डिजाईन नयाँ नयाँ उत्पादन प्रदर्शन गर्ने र उद्योगी र उपभोत्तालाई जोड्ने पुलको रुपमा काम गर्ने छ । मेलामा एक महिनमा करीब पाँच करोड रुपैया बाराबरको ३० देखि ३५ हजार जोडी जुत्ता चप्पल करोबार गरिने अपेक्षा गरिएको छ । नेपाली उत्पादन र बिशेष गरी फूटवेयर जन्य उद्योगलाई फल्न फुल्न बिस्तार गर्न तथा यो प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला २०८० लाई सफल बनाउन सबैमा आयोजकको तर्फबाट अनुरोध समेत गरिएको छ ।


क्याटेगोरी : अर्थ/सहकारी, देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode