नेपाली बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी लिएको छैन : रमेश हमाल
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्ताहरुको हितको लागि धेरै ऐन, नीति, निर्देशनहरु संशोधन तथा परिमार्जन गरेको दावी गरेका छन् ।
सोमबार ललितपुरमा बोर्डको कार्य सम्पादन, निष्काशन अनुमति प्रकृया र विद्यमान अवस्था सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा हमालले लगानीकर्ताहरुको हितको लागि पुँजी बजारको विकास र विस्तारका कामहरु गरेको दावी गरेका हुन् । उनले पारदर्शी गुणस्तरीय, निष्पक्ष र प्रतिस्पर्धी पुँजी बजार निर्माणको लागि अझै बढि काम गर्ने बताए । धितोपत्र बोर्डको इतिहासमै पहिलो पटक क्रेडिट रेटिङ्ग कम्पनी र स्वार्थ बाझिएको कम्पनीलाई कारवाही गरिएको उनले बताए ।
वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक शेयर निष्काशनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था हुने व्यवस्था मिलाईएको, वस्तु विनिमय संयन्त्र विकासका लागी आवश्यक कार्य अगाडी वढाईएको पनि जानकारी दिए ।
त्यस्तै हमालले पुराना ब्रोकर कम्पनीहरुलाई शाखा सञ्जाल विस्तार गर्न निवेदन दिएको १५ दिनभित्रै अनुमति दिनुपर्ने सिस्टम बनाउनको लागि काम अघि बढाएको बताए । अध्यक्ष हमालले २०७८ फाल्गुनमा आफ्नो नियुक्ती भएको र अहिले सुधारका काम गरेपछि आफुबिरुद्ध नियोजित आरोपहरु लगाइएको गुनासो गरे । कुनै पनि कालखण्डमा नेपाली बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको पनि उनले स्पष्ट पारे । उनलाई विदेशी नागरिकता र राहदानी लिएको आरोप लागेको थियो ।
क्याटेगोरी : अर्थ/सहकारी, देश
प्रतिक्रिया