Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

इजरायलमा विद्यार्थी सुरक्षित स्थानमा छन्, मुख्य संकट टर्यो : परराष्ट्र मन्त्रालय


काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । इजरायलको सेनाको सहयोगमा नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको हो । ५० भन्दा बढी विद्यार्थीहरुलाई स्थानान्तरण गरिएको छ ।

मुख्य संकट टरेको र इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेकाले अब डराउनुपर्ने अवस्था नरहेको परराष्ट्रको दाबी छ ।

गत शनिबार प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा अन्धाधुन्द आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो । एक जना सम्पर्कविहीन छन् भने चार जना घाइते छन् ।

कृषि विषय अध्ययनसँगै काम पनि गर्नका लागि विश्वविद्यालयहरुसँग सम्झौता गरी विश्वविद्यालयहरुले जिटुजीमार्फत् विद्यार्थीहरुलाई इजरायल पठाउने गरेका छन् । ती विद्यार्थीहरुको विवरण सरकारसँग भए पनि अरु नै तरिकाले इजरायल गएकाहरुको विवरण भने छैन ।

त्यसैले विद्यार्थीहरु बाहेक इजरायलमा कति नेपालीहरु छन् र अहिले उनीहरुको अवस्था कस्तो छ भन्ने जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा करिब ४ हजार ५०० नेपालीहरु रहेको अनुमान गरिएको छ ।

इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेहरुका लागि अनलाइन रजिष्ट्रेसन जारी राखेका छ । उक्त डाटाबेसमा २०० भन्दा बढीले नेपाल फर्किने इच्छा व्यक्त गर्दै नाम दर्ता गराएका छन् ।

नेपाली विद्यार्थीहरुसँगै नेपाल फर्किन चाहने अन्य नेपालीहरु र दिवंगत विद्यार्थीहरुको शवलाई उडान अनुमति पाउनासाथ नेपाल ल्याइने परराष्ट्रले जनाएको छ ।


क्याटेगोरी : देश, विदेश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode