छायाँ हेल्थ केयर सेन्टर गोङ्गबुको आयोजनामा सात दिने निः शुल्क स्वास्थ्य सेवा शिविर संचालन

काठमाण्डौ । छायाँ हेल्थ केयर सेन्टर गोङ्गबुले सात दिने निशुल्क स्वास्थ्य सेवा शिविर संचालनमा ल्याएको छ । शनिबार विहान गोङ्गबु स्थित कार्यलयमा एक कार्यक्रम गरि निशुल्क स्वास्थ्य सेवा शिविर सुरु गरेको हो ।
लायन्स क्लबसँगको सहकार्यमा संचालनमा आएको उक्त कार्यक्रममा पेट तथा कलेजो रोग विशेषज्ञ, छालारोग विशेषज्ञ, बालरोग विशेषज्ञ, प्रसुती तथा स्त्री रोग विशेषज्ञ, हाडजोर्नी रोग विशेषज्ञ तथा स्नायु रोग विशेषज्ञ लगायतका १०० भन्दा बढीको उपस्थिति थियो । कार्यक्रममा विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परिक्षण, सुगर जाँच, पिसाब जाँच, थाइरोइड जाँच, मृगौला परिक्षण, कोलेस्ट्रोल परिक्षण र डेङ्गी परिक्षण लगायतको सुविधा रहेको छ ।
निर्वाचनको समयमा जनतालाइ स्वस्थ राख्ने उद्देश्यले सिबिर संचालनमा ल्याएको सेन्टरका संचालक नितेस भुसालले बताए । शिविरमा काठमाडौ महानगरका पूर्व मेयर राजाराम श्रेष्ठ लगायत ५० जनाभन्दा बढि ले सेवा लिएका छन् ।
क्याटेगोरी : देश, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया