वल्ड नेवाः अर्गनाइजेशन पोर्तुगलले “म्ह पूजा” कार्यक्रम गर्ने

पोर्तुगल, अक्टोबर २०२५ विश्वभर छरिएका नेवाः समुदायलाई एकताबद्ध गर्दै भाषा, संस्कृति, कला, परम्परा र पहिचानलाई अझ सबल बनाउने उद्देश्यका साथ वल्ड नेवाः अर्गनाइजेशन पोर्तुगल च्याप्टर (ध्ल्इ) ले मोेहनी नखः (बडा दशैं), नेपाल सम्बत ११४६ को शुभारम्भ तथा छठ पर्व को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सहित म्ह पूजा आयोजना गर्ने भएको छ।
संस्थाका अनुसार, कार्यक्रम आउँदो नेपाल सम्बत ११४६ कछलाथ्व, पारू, २०८२ कात्तिक ५ गते, बुधबार २२ इअत. मा लिस्बोनमा आयोजना गरिनेछ। संस्थाले पोर्तुगलमा बसोबास गर्ने सबै नेपाली, विशेषगरी आफ्नो संस्कृति, परम्परा र पहिचानलाई माया गर्ने नेवा समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
वल्ड नेवाः अर्गनाइजेशन पोर्तुगल च्याप्टरका अध्यक्ष राजेश जोशीका अनुसार, “नेपाल भित्र रहेका १२० भन्दा बढी जातजाति नेपालको साझा फुलवारी हुन्। उनीहरूबीचको सहिष्णुता नै नेपालको सुन्दरता हो। हाम्रा आफ्नै चलन, भाषा, भेषभूषा र संस्कृतिले नै हामीलाई विश्वभर विशिष्ट बनाएको छ,” उनले बताए।
संस्थाले विगतमा विष्केट जात्रा, म्ह पूजा, होली कार्यक्रम लगायतका सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक आयोजना गरिसकेको छ । यस परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि म्ह पूजाको तयारी पुरा भइरहेको जानकारी संस्थाका उपाध्यक्ष सुजेन्द्र श्रेष्ठले दिनु भयो ।
कार्यक्रमका विस्तृत विवरण र सहभागिताका लागि इच्छुकले संगठनका प्रतिनिधिहरूसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
क्याटेगोरी : विदेश
प्रतिक्रिया