नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको नेतृत्व विवाद : इमानसिंह नै अध्यक्ष रहेको केन्द्रको स्पटोक्ति

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको नेतृत्व विवादबारे नेपाल राष्ट्रिय तामाङ घेदुङ काठमाडौंले स्पष्ट पारेको छ ।
नेपाल राष्ट्रिय तामाङ घेदुङको नक्कली लेटरहेडको दुरुपयोग गरी अध्यक्ष इमान सिंह तामाङलाई अध्यक्षबाट हटाएर फुर्पा तामाङलाई अध्यक्षमा चयन गरिएको भनेर भ्रम फैल्याइएको नेपाल राष्ट्रिय तामाङ घेदुङले जनाएको छ ।
अध्यक्ष विर बहादुर योञ्जन तामाङले विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले ५ अक्टोबर २०२४ मा लिस्बनमा भेला गरेर इमान सिंहलाई हटाइ फुर्पालाई अध्यक्ष बनाएको भन्ने बेहोरा गलत भएको स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा भनिएको छ–“५ अक्टोबर २०२४ मा लिस्बनमा बसेको भेलाले इमान सिंह तामाङलाई तदर्थ समितिको अध्यक्षमा चयन गरे पनि २ फेब्रुअरी २०२५ का दिन देखि उनले आर्थिक हिनामिना गरेको खुलासा भएको छ । यसकारण २८ जुलाई २०२५ मा बसेको संस्थाका सम्पूर्ण सदस्यहरूको भेलाले इमान सिंह तामाङ हिमडुङ लाई अध्यक्ष पदबाट हटाइएको तथा फुर्पा तामाङलाई रिक्त रहेको नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा चयन गरिएको’ भन्ने नक्कली र भ्रामक व्यहोरा उल्लेख गर्दै यस नेपाल राष्ट्रिय तामाङ घेदुङको लेटरहेडको दुरुपयोग गरिएको देखिएकोले हालको लागि इमानसिंह तामाङ अध्यक्ष रहनुभएको समिति नै आधिकारिक रहेको जानकारी गराइन्छ ।”
अध्यक्ष विरबहादुरले भ्रममा नपरिकन सोही अनुसार कार्यसम्पादन गर्नुहुनको लागि सम्बन्धित सम्पूर्णमा अनुरोध गरेका छन् ।
क्याटेगोरी : देश, विदेश
प्रतिक्रिया