Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

उपसभामुख ईन्दिरालाई हटाउने सत्तापक्षको रणनीति, माओवादी र रास्वपाले गरे प्रतिवाद


काठमाण्डौ । सत्ता गठबन्धनका नेताहरुले उपसभामुख ईन्दिरा रानामगर आफैले राजीनामा दिएर मार्गप्रशस्त गर्नु उचित हुने सुझाव दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद गोकुल बास्कोटाले आफूमाथि प्रश्न उठ्दा राजीनामा दिएको स्मरण गराउँदै उपसभामुखलाई पनि पद छोड्न सुझाब दिए । दोषी हो वा होइन कानुन वा कुनै छानबिन भए त्यसले देखाउने उनले बताए ।

संसदको बैठकको सुरुमै रास्वपाले विशेष समय लिएर संवैधानिक परिषदबाट बहुमत पु¥याउन उपसभामुखलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाएको थियो । त्यसो गरिए लोकतन्त्रको हत्या हुने भन्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आपत्ति जनाएका थिए । संवैधानिक परिषद्मा बहुमत पुर्याउन सत्तापक्षले उपसभामुखमाथि अनावश्यक आरोप लगाएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियाको ठहर छ ।

परियारले भने ‘समाचारहरू हेर्दा लाग्छ यो राज्य पनि लोकतन्त्रमाथि आक्रमण गर्दैछ। उपसभामुखलाई महाभियोग लगाउने कुरा राजनीतिक पार्टीहरू बसेर सल्लाह गर्ने कुरा कहिल्यै पनि लोकतन्त्रका लागि मान्य हुँदैन,’ उनले भने‚‘ एउटा परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा उससभामुखलाई पदबाट हटाउन दलहरू लागेको होला । रास्वपा लोकतन्त्रका लागि सधैँ लड्नेछ।’

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पनि उपसभामुख इन्दिराको पक्षमा उभिएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसदहरुले विरोध जनाएका हुन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने बताए । ‘उपसभामुख रानालाई पदबाट हटाउने कुरा हेरियो । यो सत्य हो भने माओवादी यसको प्रतिवाद र विरोध गर्दछ‚’ उनले भने।

ईन्दिरा रानामगरले केही व्यक्तिलाई अमेरिका पठाउने भनेर अमेरिकी दूतावासलाई लेखेको चिट्ठी

उपसभामुखमाथि केही व्यक्तिलाई अमेरिका पठाउने भनेर अमेरिकी दूतावासमा चिट्ठी लेखेर मानव तस्करी गर्न खाजेको आरोप लागेको छ । एमाले सांसद शोभा ज्ञवालीले भनिन्– ‘केही समय अघि उपसभामुख ज्यूको अगुवाइमा अमेरिकाको कार्यक्रममा राजदूतावासलाई अन्य व्यक्ति पठाउने चिट्ठी पठाएको मिडियामा आएको थियो । यथार्थ के हो ?‚’ उनले भनिन् ।

कसरी हटाउन मिल्छ उपसभामुखलाई ?

संविधानले सभामुख वा उपसभामुखलाई हटाउन सक्ने व्यवस्था धारा ९१ को उपधारा ६ मा गरेको छ । उपधारा ६ मा सभामुख वा उपसभामुखको पद रिक्त हुने तीन वटा कारण खुलाइएको छ ।
(क) निज प्रतिनिधि सभाको सदस्य नरहेमा । तर प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने छन् ।

(ख) निजले लिखित राजीनामा दिएमा,

(ग) निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।

सत्ता गठबन्धनले संविधानको धारा ९१ को उपधारा ६ को खण्ड (ग) अनुसार उपसभामुख रानालाई हटाउन चाहेको प्रस्ट देखिन्छ । प्रतिनिधि सभा नियमावलीमा पनि सभामुख वा उपसभामुखलाई पदबाट हटाउन सक्ने व्यवस्थालाई समेटिएको छ । नियमावलीको परिच्छेद २३ मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सभामा ल्याउन सक्ने व्यवस्था छ । नियमावलीको नियम २०७ मा सभामुख र उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव ल्याउने व्यवस्थालाई सुनिश्चित गरिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode