ललितपुरको झाँक्री डाँडाको भिरबाट खसे स्कुटर चालक, उद्धारको प्रयास जारी

ललितपुर । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ स्थित झाँक्री डाँडाको भिरमा स्कुटर चालक खसेका छन्। बिहीबार मध्याह्न १२ बजेतिर स्कुटर चालक खसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले खोजमिसन न्युजलाई जानकारी दिए।
सुवेदीका अनुसार बागमती प्रदेश ०२- ०४२ प ७९२६ नम्बरको स्कुटर सडकबाट करिब ३०० मिटर तल खसेको छ। चालक भने अझै २००/३०० मिटर तल खसेको उनले बताए। भिरमा प्रहरीले सवारी चालकको ब्लुबुक फेला पारेको छ।
जसमा उक्त सवारीका चालक सुनापति गाउँपालिका वडा नम्बर १ का रोहित गौतम रहेका छन्। चालक स्कुटरभन्दा धेरै तल खसेको र हाल प्रहरी र स्थानीय मिलेर डोरी राखेर उद्धारको प्रयास गरिहका छन ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया