Techie IT
  • ४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

बढ्दो वायु प्रदूषण र हाम्रो भुमिका


वायु प्रदूषण वायुमण्डलमा धूलोका कण, विभिन्न किसिमका हानिकारक ग्यास,उद्योगबाट निस्केका खनिज कण र आणविक भट्टीबाट निस्कने रेडियोधर्मी किरण आदिको सम्मिश्रणका कारणले गर्दा उत्पन्न हुने गर्छ।तीन सय वर्ष पहिले वैज्ञानिक जोहन एभलिनले कोइलाको अधिक प्रयोगबाट वायु प्रदूषण निम्तिने र त्यसबाट मानिसहरूलाई श्वास(प्रश्वाससम्बन्धी रोग लाग्ने, धूलो, वायुमण्डलबाट कुनै पनि ठाउँमा झर्न सक्ने, कुनै पनि वस्तुमा अपघर्षण भई वस्तु खुइलिएर जाने र कालो धूवाँको बादलका कारणले सौर्यशक्ति पनि कम हुने सम्भावना औंल्याएका थिए।

आजको एक्काइसौं शताब्दीमा आयर यो तथ्य सत्य सावित भएको छ। यसै कुरालाई बीसौं शताब्दीमा अध्ययनको मुख्य विषयवस्तु पनि बनाइयो र यस प्रकारका असरहरू पनि प्रशस्तै देखिए। आज एक्काइसौं शताब्दीको सुरुवातमा पनि यसको अध्ययन आवश्यक भइरहेकै छ। वायु प्रदूषणको असर सर्वप्रथम सन् १९३० मा बेल्जियमको म्युम भ्यालीमा देखिएको थियो। त्यसपछि संयुक्त राज्य अमेरिकाको पन्यु सोलभानिया राज्यको मानोकाहैला नदीमा सन् १९४८ लन्डनमा सन् १९५२ मा देखियो। यी सबै प्रकारका वायु प्रदूषणबाट मानिसहरूको मृत्यु भएको थियो।

वायु प्रदूषणबाट पृथ्वीको सतहभन्दा करिब ६० किलोमिटर माथि रहेको ओजन तहलाई पनि प्रभावित पारेको बताइन्छ। प्रदूषणले मानिसको शान्तिपूर्वक बाँच्न पाउने अधिकारको हरण गरिरहेको हुन्छ। विभिन्न किसिमका कलकारखाना, वायुयान उडान, आणविक विस्फोटन, विकास निर्माणका कार्यमा गरिने विस्फोटन, अवाञ्चित रूपमा मानिसले निकालेका ध्वनिहरू, अनियन्त्रित गीत–संगीत आदि ध्वनि प्रदूषणका प्रमुख कारण हुन्।

विकास र औद्योगीकरणको प्रयासमा निर्माण गरिएका ठूलठूला उद्योग र कारखानाका चिम्नीहरू तथा मोटरहरूबाट निस्किने कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, सल्फरअक्साइड तथा अन्य ग्यासहरूयुक्त धूवाँहरूले वायुमण्डल ढाक्न थालेको छ। यी ग्यासहरूले हावालाई दूषित तथा विषालु बनाइदिन्छ। यसका साथसाथै वायुमण्डलमा रहेका धूलोका कणहरूसँग मिलेर धूवाँले नीलो आकाश नै नदेखिने गरी ढाकिदिन्छ। अनि हाइड्रोकार्बन र नाइट्रोअक्साइड वायुमण्डलमा फैलिन्छन्। अनि अल्डाम्बाइलेट किरण भएको बेला नाइट्रोअक्साइड र हाइड्रोकार्बन मिलेर एक किसिमको ओजन र हाम्रो आँखा पिरो पार्ने र पोल्ने पेरोक्सिएसिटायल नाइट्रेट भन्ने विषालु ग्यास बनाउँछ। यस्तो विषालु ग्यासले हाम्रो आँखा पिरो हुनु, पोल्नुका साथै श्वास फेर्न पनि मुस्किल हुने, घाँटी दुख्ने आदि हुन्छ।

साथै न्युमोकिनियोसिस दम,ब्रोकाइठिस, रुघाखोकी, क्यान्सर, सिलिकोसिस र अन्य छालाका रोगहरूमा पनि व्यापकता एवं गम्भीरता ल्याइदिन्छ। विशेषतः उद्योगहरूबाट निस्केको धूवाँको कालो मुस्लोबाट वायु प्रदूषण प्रस्ट देखिने भए तापनि यसको स्रोतमा खनिज, ढुंगा खानी, सिमेन्ट उद्योग, तेल प्रशोधन स्थल, मल उत्पादक उद्योग, मोटरगाडी, कोइला खानी, दाउरा आदि पर्छन्। विभिन्न आर्थिक र सामाजिक क्रियाकलापबाट निस्केको धूलो एसबेस्टस, सिसाको धूलो, म्यागजिन धूलो, विकिरण, सल्फरडाइअक्साइड, हाइड्रोजनसल्फाइड नाइट्रोजनअक्साइड, हाइड्रोजन फ्लोराइड, कार्बनमोनोअक्साइड, हाइड्रोकार्बन आदिबाट जनस्वास्थ्यमा गम्भीर असर पर्छ।

वायुमण्डलमा कार्बनडाइअक्साइडको ८० प्रतिशत मात्रा मोटरगाडीबाट मात्र थपिएको अनुमान गरिएको छ। यस प्रभावका अनुसार कार्बनडाइअक्साइड सूर्यको विकिरण ९रेडियरान० का लागि पारदर्शी हुन्छ अर्थात् अलडाबायबेट र इफ्रोरेड नामक विकिरणलाई कार्बनडाइअक्साइड पृथ्वीसम्म पुर्‍याइदिन्छ। दोस्रो अरू ताप विकिरण ९थर्मल रेडियरान० का लागि कार्बनडाइक्साइड अपारदर्शी हुन्छ र पृथ्वीको गर्मीलाई अवशेषण गरिदिन्छ। एक अध्ययनअनुसार हाम्रो शरीरले सरदर १३ हजार ६ सय ३८ शुद्ध हावा प्रतिदिन लिटर लिने गर्छ भन्ने विद्वानहरूको भनाइ छ। शुद्ध हावाका अणुहरू हुनुपर्छ भन्ने भनाइ छ। यस्तो अवस्थामा हामीले हाम्रो वायुको गुण कस्तो हुनुपर्छ भन्ने कुरा मननयोग्य छ।

प्राकृतिक र मानवीय कारणले गर्दा काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभाव अन्य सहरहरूमा भन्दा बढी हुने गर्छ। कचौराजस्तो भौगोलिक भू(वनोटले गर्दा उपत्यकाभित्र जम्मा भएका वायु प्रदूषकहरूलाई हावाले सजिलै बाहिर लान सक्दैन। जाडोयाममा त यो समस्या झन् जटिल हुन्छ, किनभने जाडोयाममा राति र बिहानीपख उपत्यकाको सतहनिर चिसो हावाको एक तह बन्छ, जसलाई तातोहावाको अर्को तहले ढकनीले जस्तै छोपेर राखेको हुन्छ। यसलाई वैज्ञानिक भाषामा इन्भर्सन भनिन्छ। यसले गर्दा जाडोयाममा प्रदूषकहरू जमिनको सतहनजिक नै बसिरहन्छन् र वायु प्रदूषण अत्यधिक मात्रामा बढ्छ।

वायु प्रदूषण बढी हुनुको अर्को कारण यहाँको उचाइ पनि हो। १ हजार ३ सय मिटरदेखि १ हजार ३ सय ५० मिटरसम्मको उचाइमा अवस्थित काठमाडौं उपत्यकामा गाडीहरूले अन्य कम उचाइ भएका ठाउँभन्दा साधारणतया बढी धूवाँ फाल्ने गर्छन्। काठमाडौंको मौसमले पनि वायु प्रदूषण बढाउन सहयोग पुर्‍याइरहेको छ। वर्षाले हावामा भएका प्रदूषकहरू पखाल्ने गर्छ। तर काठमाडौंमा करिब तीन महिना मात्र राम्ररी पानी पर्ने हुनाले पानी नपर्ने समयमा वायु प्रदूषण बढी हुने गर्छ।काठमाडौंमा शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सुविधाहरूको अवसर बढी हुने भएकाले उपत्यकाको जनसंख्या तीव्र रूपले वृद्धि हुँदै छ।

पछिल्लो अध्ययनमा काठमाडौं उपत्यकामा लगभग ६० लाख ९काम विशेषले आउने जाने समेत गरी० मानिसको बसोवास हुने गरेको देखिएको छ। यसले गर्दा अव्यवस्थित सहरीकरण र सवारी साधनहरूको चाप बढ्दो छ। दिल्लीको अवस्था हेरेर समयमै जनचेतना फैलाउनु जरुरी छ। नेपाल सरकारले समयमा नै काठमाडौं लगायत मुख्य सहरहरूमा वायु प्रदूषणबाट जोगिन व्यापक रूपमा तयारी थाल्नु पर्ने देखिएको छ। विश्व बैंकले विभिन्न अध्ययनहरूलाई तुलना गर्दा गएको आठ वर्षको अवधिमा सवारी साधनहरूको धूवाँबाट निस्कने पिएम(१० को मात्रामा चार गुणाभन्दा बढीले वृद्धि भएको छ। वन तथा वातावरण मन्त्रालयको अनुसार हाल उपत्यकाको हावामा भएको कुल पिएम(१० को लगभग ४३ प्रतिशत सवारीसाधनहरूकै कारणबाट हावामा मिसिन्छ।

डिजेलबाट चल्ने सवारी साधनहरूको धूवाँ एकदमै खतरनाक हुन्छ। यो धूवाँमा मसिना धूलाका कणहरू अत्यधिक पाइन्छ र यी कणहरूमध्ये ९० प्रतिशतजति १ माइक्रोनभन्दा मसिना हुन्छन्। डिजेलको धूवाँमा यस्ता धूलाका कणहरू पेट्रोलको धूवाँको तुलनामा १ सय गुणा बढी हुन्छ। यस्ता धूलोका कणहरूले मान्छेको फोक्सोमा क्यान्सर निम्त्याउन सक्छन्। सन् १९९७ मा जापानी वैज्ञानिकहरूले क्यान्सर रोग निम्त्याउन सक्ने अहिलेसम्म पत्ता लागेका रसायनहरूमध्ये सबैभन्दा खतरनाक पदार्थ डिजेलबाट निस्कने धूवाँमा पाइने जनाएका थिए। काठमाडौंको परिवेष्ठित वायुको गुणस्तर अनुसार कुल सस्पेन्डेड कण र १० माइक्रोनका पार्टिकुलेट म्याटरबाहेक अरू आधारभूत प्रदूषकहरू विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभित्र रहेका छन्।

उपत्यकाको वायुमण्डलको कुल सस्पेन्डेड कणसम्बन्धी तथ्यांकअनुसार वर्षाको समयमा भन्दा हिउँदमा बढी प्रदूषण हुने गरेको छ। वायु प्रदूषण गराउनमा उद्योगहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। साधारणतया काठमाडौं उपत्यकाको वायुमण्डलमा मझौला र ठूला उद्योगहरूले दैनिक १ सय ४ टन कुल सस्पेन्डेड कण फ्याँक्छन्। अर्को एक अध्ययनअनुसार तरल इन्धन प्रयोग गर्ने बोइलरमा चिम्नीको टुप्पामार्फत १० प्रतिशतसम्म औद्योगिक स्रोतको नोक्सानी भएको कुरा उल्लेख भएको छ। विश्व स्वास्थ्य संगठनका विभिन्न अध्ययनअनुसार अनुसार भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर हो।

हालै मात्र वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द गरिएको छ। द क्विन्टको हिन्दी संस्करणका अनुसार प्रदूषणबाट बालबालिकाहरू प्रभावित हुने भएपछि १० नोभेम्बर ९कात्तिक २४ गते० सम्म दिल्लीका सबै प्राथमिक विद्यालयहरू बन्द गरिएको छ। यसैगरी, कक्षा ६ देखि १२ कक्षासम्मको पढाइ अनलाइन माध्यमबाट हुने छ। भारतीय मिडियाहरुका अनुसार दिल्लीको वायु प्रदूषण अति गम्भीर स्तरमा पुगेको छ। दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक ९एक्युआई० आइतबार ४८२ मा रेकर्ड गरिएको थियो। जुन गम्भीर श्रेणी हो। आइतबार बिहान ७ बजेको रेकर्डअनुसार
दिल्लीका वजिपुर, शादीपुर, द्वारका, पन्जाबी बाग, मुंडका, लोधी रोड, ओखलालगायतका क्षेत्रमा वायु प्रदूषणको स्तर उच्च श्रेणीमा पुगेको छ।

दिल्लीमा बाक्लो तुवाँलो लागेको जस्तो देखिएको छ। दृष्य धमिलो छ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार यस्तो अवस्था अझै केही दिन कायम रहने सम्भावना छ। ११ देशको १ हजार ६ सय सहरमा गरिएको एक सर्वेक्षणमा दिल्लीको हावामा पिएम २।५ ९सास भित्र जाने पार्टीकुलुट म्याटर० को मात्रा निकै पाइएको छ। दिल्लीमा यो १ सय ४३ माइक्रोग्राम प्रतिघनमिटर छ। यो नयाँ प्रतिवेदनको नाम ऐम्बिएन्ट एअर पोलुसन राखिएको छ। प्रतिवेदनमा १५ सय देशको वायु प्रदूषणको स्थिति तथा असरबारे विस्तृत रूपमा जानकारी दिइएको छ।

दिल्लीमा सामान्यतया नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनाहरूमा वायु प्रदूषण उच्च हुने गरेको छ। नजिकैका राज्यहरू, विशेष गरी उत्तर प्रदेश, हरियाणा, पञ्जाब लगायत स्थानका किसानहरूले पराल जलाउनु र सवारी साधनबाट निस्किने विशाक्त धुँवालाई वायु प्रदूषणको प्रायः प्रमुख कारणको रूपमा लिने गरिएको छ। विश्व स्वास्थ्य संगठनले २।५ पिएमको बढ्दो स्तरमा चिन्ता व्यक्त गर्दै भनेको छ, पिएम २।५ को कन्स्ट्रक्सन प्रतिघनमिटिर १० माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन। एसियाको घना आवादी भएको सहरमा पनि तुलनात्मक हिसाबमा कम वायु प्रदूषण छ।

पाकिस्तानको कराँचीमा पिएम २।५ को ११७ माइक्रोग्राम प्रतिघनमिटर छ भने चीनको राजधानी बेइजिङमा ५६ र सांघाईमा ३६ रहेको छ। यो प्रतिवेदनले स्पष्ट रूपमा दिल्लीमा प्रदूषण कम गर्न आवश्यक कदम तत्काल नचाल्ने हो भने रोगहरू फैलने चेतावनी दिएको छ। दिल्लीबाट नेपालमा प्रवेश गर्न धेरै समय लाग्दैन भन्ने तथ्यलाई बुझ्नु जरुरी छ। एअर क्वालिटी इन्डेक्सको मात्रा १ सयभन्दा माथि देखिनुलाई खतराको संकेतका रूपमा लिनुपर्ने वातावरणविद् बताउँछन्। शीतलहर नचल्दा र पानी नपर्दा हावामा भएका कण बाक्लिँदै गएर तुवाँलोमा परिणत हुने र वायु प्रदूषणको असर मानव स्वास्थ्यमा तत्काल नदेखिए पनि दीर्घकालीन रूपमा यसले फोक्सो, मुटु र श्वासप्रश्वासमा समस्या पारेर हृदयाघातजस्ता रोग देखा पर्ने हुन्छ। यस वर्ष पनि जाडोयाम सुरुसँगै वायु प्रदूषण बढ्ने देखिएको छ। वायु प्रदूषण रोकथाम को पहलसँगै पूर्व तयारी पनि आवश्यक रहेको छ।

विगतमा प्रदूषणको विवरण राख्ने वर्ल्ड एयर क्वालिटी इन्डेक्सले विश्वका दुई हजारभन्दा बढी सहरमा रहेका ३०,००० भन्दा धेरै मापन बिन्दुबाट संकलन गरेको विवरणहरूमा काठमाडौंको अवस्था खराबमध्येमा देखिएको थियो। विगतका वर्षमा पनि वायु प्रदूषणको अवस्था दयनीय भएको तथ्य हामीबीच तरोताजा नै छ। जतिखेर वायुको अवस्था जनाउने स्केल १०० भन्दा माथि पुग्छ, त्यसबेला त्यो स्वास्थ्यका हिसाबले संवेदनशील अवस्थामा रहेका मानिसहरूलाई अस्वस्थ्यकर हुने बताइन्छ। उक्त इन्डेक्स १५० बाट उकालो लागेपछि सबै खाले मानिसका लागि अस्वस्थ्यकर मानिन्छ। २०० माथिको अवस्थामा निकै अस्वस्थ्यकर र ३०० माथिको अवस्थामा खतरनाक तहमा पुगेको मानिन्छ।

ग्लोबल बर्डन अफ डिजिज प्रोजेक्टबाट अध्ययनले तथ्यांक निकालेको हो, जसले विश्वभर नै स्वास्थ्यमा ठूला खतराहरूको क्रम सिर्जना गरेको छ। खाना, उच्च रक्तचाप, धूमपान र रगतमा चिनीको उच्च मात्राको अवस्थापछि वायु प्रदूषण पाँचौं नम्बरमा आउँछ। उचाइको तुलनामा बढी वजन हुनु चाहिं मृत्युको कारणको छैटौं नम्बरमा पर्छ भन्ने पनि छ। स्वास्थ्यमा बढी खतरा केबाट छ भन्ने यो क्रम सयौं अध्ययनहरूमा आधारित छ जसले वायु प्रदूषणका कारण मुटु, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण र रोगहरू अनि क्यान्सरको खतरा बढ्ने देखाएको छ।

दक्षिण एसियामा वायु प्रदूषण रोक्ने हो भने त्यसले मानिसहरूको औसत आयु बढाउन क्यान्सर निको पार्न सकिएजस्तै फाइदा दिनेछ। वायु प्रदूषणले हामीहरूलाई सधैं पीडा दिन्छ। तर हामीहरू यसको तयारीमा ध्यान दिँदैनौं। त्यसकारण आम जनताहरूको हितको लागि सरकार र सरोकारवाला निकायहहरूले समयमा नै जनस्तरमा जनचेतना फैंलाउँदै जानु पर्दछ। र, वायु प्रदूषणलाई न्युनीकरणको गर्नको लागि सरकारले समयमा नै पहल कदमी नलिएमा आज भारतको दिल्ली जस्तै हालत बेहोर्नुपर्ने हुन्छ।

लेखक वातावरण पत्रकार समूहकी अध्यक्ष हुन्


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode