महानगरवासी लाई गरेको वाचामा किन चुक्दैछन मेयर चिरीबाबु ? (भिडियोसहित)
स्थानीय भन्छन महानगरवासी हौ भन्न लाज लाग्छ
ललितपुर । हरिसिद्धी गुमच चोकबाट पुर्वतर्फ प्रवेश गरेसँगै नयाँ बस्ती अर्थात लखुर चोक तर्फ जाने सडकखण्ड सुरु हुन्छ । बस्तीका विचमा रहेका इँटा भट्टा अनि बेहाल सडकले गर्दा यस क्षेत्रका बस्ती नै कुरुप देखिन्छन । ललितपुर महानगरपालिका वडा नम्बर २९ मा पर्न यो क्षेत्र महानगर भएको ६ वर्ष बितिसक्दा पनि महानगर भएको अनुभुती यहाँका स्थानियले गर्न पाएका छैनन् ।
गुमचचोक,लखुरचोक,दमाईटार हुदै गोदामचौर जाने डेढ किलिोमिटर सडक नबन्दा यहाँका स्थानियको दैनिकी नै अस्तब्यस्त बन्दै आएको छ । वर्षामा हिलो र खाल्डाखुल्डीले हिड्न नसक्ने हिउँदमा धुलो र धुवाको आतंकले गर्दा यहाँका स्थानिय आजित बनीसकेका छन । लखुर चोकमै घर भएका स्थानिय रामप्रसाद न्यौपानेले घर बनाएर बसेको वषौ बितिसक्यौ तर उनले महानगरमा बसेको अनुभुती आफुले कहिल्यै गर्न नपाएको गुनासो खोजमिसन न्युज सगँ गरे । यो बाटो पानी परेपछि हिँड्न सकिन्न,अर्कातर्फ यही सडकखण्ड हुँदै दिनहुँ सयौ ट्याङकरले पानी ओसार पसार गर्दै आएका छन जसका कारण सडक मर्मत गरीहालेपनि केही दिनमै सडक खाल्डा खुल्डी र हिलाम्मे हुने गरेको न्यौपानेको भनाई छ ।
न्यौपानेको जस्तै पिडा र गुनासो अर्का स्थानिय राजन घिमिरेको पनि छ सडककै कारण दिनहुँ मोटरसाईकल र स्कुटर दुर्घटनामा परिरहेका छन । विद्यालय जाने बालबालिका र अभिभावक समेत हिलाम्मे सडकका कारण कयौ पटक लडेर घाईते भएका छन तर सडकलाई निमार्ण र मर्मत गर्न तर्फ नत वडाको ध्यान जान सकेको छ नत ललितपुर महानगरपालिको नै,लाज लाग्छ महानगरवासी हौ भन्न हामिलाई उनी भन्छन ।
भिडियो हेर्ने यो लिकं खोल्नुहोस ।
यस्तै लखुर चोकमा ब्यवसाय गर्दै आएका ब्यवसायी विजय श्रेष्ठले चिल्लो र सफा सडक बन्ला ,ब्यापार फस्टाउला भन्ने आशामा ब्यवसाय सुरु गरेको वषौ बित्यौ तर महानगरमा ब्यवसाय गरेको अनुभुती आफुले कहिल्यै गर्न नपाएको गुनासो उनको छ । कर भनेको जति तिनुपर्न , महानगरका हरेक मापदण्ड मान्नु पर्न तर आफुहरुले पाएको संमस्या र पिडा महानगरले सम्बोधन नगर्न अनि स्मार्ट सिटी र स्मार्ट महानगरको गफ मात्रै गर्न ललितपुर महानगरले नमिल्ने श्रेष्ठ बताउछन । कयौँ पटक सडक नै बन्द गरेर दबाब सिर्जना गरेपनि सडक निमार्ण हुन नसकेको स्थानियको गुनासो छ ।
के भन्छन वडा अध्यक्ष ?
गाभीएका वडाहरुको विकासमा महानगरपालिकाले गम्भीरतापुर्वक ध्यान नदीदाँ स्थानियले महानगरको अनुभुती गर्न नसकेको ललितपुर महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष गणेश महर्जन बताउछन । उक्त सडकखण्डको टेन्डर प्रक्रिया अघि बढाईसकेको र टेन्डर प्रक्रियाको कार्य सम्पन्न हुनसाथ १५ महिना भित्र उक्त सडक निमार्ण गरिसक्ने दाबी महर्जनको छ । हाल यस क्षेत्रका स्थानियले पाउँदै आएको सास्तीबारे सरोकारवालहरु सगँ छलफल भईसकेको र तत्कालै मर्मत गर्न सहमति समेत भएको उनको भनाई छ ।
२०७४ मा मतदातालाई गरेको वाचामै चुके मेयर चिरिबाबु ?
ललितपुर महानगर लाई स्मार्ट सिटी बनाउने भन्दै दोस्रो कार्यकालमा समेत विजय हुँदै जनताका प्रतिनिधि बनेका मेयर चिरिबाबु महर्जनले २०७४ मै मतदाता सगँ प्रतिवद्धता गरेका वाचाहरु अहिले सम्म पनि पुरा गर्न सकेका छैनन । पुल्चोकदेखि थापाथलीसम्म फ्लाईओभर बनाउने, सातामा दुई पटक मेलम्चीको पानीले महानगर पखाल्ने, मेट्रोरेल र पर्यटक चक्रपथ निर्माण, राजकुलो पुनःस्थापना जस्ता उनका घोषणामै सिमीत बन्न पुगे ।
जेहेनदार र गरीब विद्यार्थीलाई आर्थिक सहयोग, संस्कृतिको नमूना राजधानी बनाउने, ढुङ्गेधाराहरू पुनःस्थापना र प्रत्येक वडामा पुस्तकालय स्थापना, आयुर्वेद अस्पताल निर्माण र योग तथा चिकित्सा केन्द्र स्थापना गर्ने घोषणाहरु पनि कागजमै सीमित रहे । मुख्य सडकमा साइकल लेन निर्माण, सडकमा स्मार्ट बत्ती जडान, सम्पदा पुनर्निर्माण आदिमा भने महर्जनले प्रशंसा पनि पाए । यस्तै वर्षाको समयमा लगनखेल मानसिक अस्पताल क्षेत्र , लगनखेल बसपार्क नजिकैको मुख्य सडक क्षेत्र , मगलबजार क्षेत्र , कुमारीपाटी क्षेत्रको ढल ब्यवस्थापन हुन नसक्दा वर्षाको समयमा यी क्षेत्रहरु जलमग्न हुँदै आईरहेका छन ।
चालु आर्थिक वर्षमा विकास बजेट खर्च ४१ प्रतिशत मात्रै
चालु आर्थिक वर्षमा ललितपुर महानगरपालिकाको विकास बजेट ४१ प्रतिशत मात्र खर्च भएको छ । गत वर्ष विकास बजेट ५ अर्ब १९ करोड ८ लाख ४९ हजार रुपैयाँ विनियोजित गरिएकोमा जेठ मसान्तसम्म २ अर्ब ९१ लाख ५५ हजार रुपैयाँ मात्र खर्च भएको हो । यता महानगरको चालु खर्च भने बढेको देखिन्छ । गत वर्ष २ अर्ब ३१ करोड २६ लाख रुपैयाँ विनियोन गरेकोमा जेठ मसान्तसम्म २ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ खर्च भईसकेको छ ।
यस्तै बजेट पनि चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि १३ दशमलव ३६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको लागि पुरक बजेटसहित ७ अर्ब ५० करोड ३५ लाख ३ हजार रुपैयाँ विनियोजित रहेकोमा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ विनियोजित गरेको हो । यस्तै २०७४ मै गरेका कतिपय निर्णयहरु अझै कार्यन्वयन हुन सकेका छैनन । महानगरले नाम चलेका ठुला ब्यवसायीक घरानाहरुबाट कर समेत उठाउन नसकेको र कतिपयलाई करको दायरामा ल्याउन समेत नसकेको वडा अध्यक्षहरुले बैठकमा प्रश्न गर्दै आएका छन ।
क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया