Techie IT
  • १९ भदौ २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

सेप्टेम्बर ३ मा बेल्जियममा हुने नेपथ्य ब्याण्डको कन्सर्टको तयारी भव्य


लोकरक ब्यान्ड नेपथ्य यतिबेला युरोपको शृङ्खलाबद्ध सांगीतिक यात्रामा रहेको छ । यो यात्राका क्रममा बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा नेपथ्यले कन्सर्ट गरेको हो । यात्राको अन्तिममा आगामी सेप्टेम्बर ३ तारिखमा बेल्जियम कन्सर्ट सम्पन्न हुनेछ ।

त्यहाँस्थित ’एइडी स्टुडियोजको स्टुडियो सेभेन’ मा सेप्टेम्बर ३ मा नेपथ्यको प्रस्तुति रहनेछ । एन्थ्रोपेन सहरमा नेपथ्य दोस्रो पटक प्रस्तुत हुन लागेको हो । यसअघि सन् २००५ मा ब्यान्डले त्यहाँस्थित आरेनबर्ग थिएटरमा आफूलाई उभ्याएको थियो ।

कन्सर्टका लागि आयोजक मादल ईन्टरटेन्टमेन्टका अजित तुलाचन र एसियन ज्वेलरीका रितेश गुरुङ र अमृता गुरुङको व्यस्त रहेका छन् । उनीहरु भन्छन् “प्रोगाम भव्य, सभ्य र उत्कृष्ट बनाउन कुनै कसर छोडेका छैनौें रातदिन नभनी खटेका छौं”।

२१०० सिट क्षमता भएको कन्सर्ट हलमा आगामी सेप्टेम्बर ३ मा आयोजना हुने लाइभ कन्सर्टका लागि ७० प्रतिशत टिकेट बिक्रि भैसकेको छ । उपस्थित हुन चाहने सबैलाई टिकट उपलब्ध गराउन नसकिने हो कि भन्ने चिन्तामा आयोजक रहेका छन् । भीआइपी टिकेट त सतप्रतिशत सोल्ड आउट भैसकेको छ ।

छिमेकी देश नेदरल्याण्ड, जर्मनी, लग्जेम्बर्ग, देखि डेनमार्कमै भएको कन्सर्ट हेर्न नपाएका स्क्याण्डिभियन देशका दर्शक समेतले टिकट किनिरहेकाले बेल्जियममा युरोप भरिका संगीतप्रेमीहरु भेला हुनेछन् । आउने चाहना राखेर आयोजकलाइ मात्र होइन अन्य बेल्जियमबासीलाई पनि छिमेकी देशबाट सोधखोज भैरहेको छ ।

प्रवासको सांगीतिक इतिहासमा अति विशिष्ट छाप छोड्ने यो कन्सर्टका लागि सकेसम्म सुविधायुक्त बनाउने प्रयास गरिरहेको आयोजकहरुको भनाइ छ । कन्सर्ट हेर्न आउने सार्बजनिक यातायात प्रयोगकर्ताका लागि ब्रुगे, एन्तवेर्पेन र गेण्टबाट प्रत्येक घण्टामा ट्रेन र ब्रुगे एन्तवेर्पेन र लुभेनबाट छुट्टै बसको ब्यबस्था पनि गरिएकोछ ।

आफ्नो सवारी साधन हुनेहरुका लागि करिब ७०० कार पार्किङ्गको ब्यबस्था गरिएकोछ । खान पिनको ब्यबस्था सहित अपÞm्टर पार्टको ब्यबस्था पनि गरिएको छ ।

कन्सर्ट सफल बनाउनका लागि चिज कुमार श्रेष्ठ उमी सुशी मुख्य प्रायोजक ,लिटल सियोल बार्बक्यु रेस्टुरेन्ट मिएर डाइमण्ड स्पोन्सर र गोल्डेन स्पोन्सरमा यात्रा इन्टरटेनन्मेंटका सन्तोष पौडेल, अनमोल चापागाई, सन्तोष लामिछाने, आरता सुशिका कमल र सुनिता गुरुङ, सिल्भर स्पोन्सर नितु ढाबा नेदरल्याण्डका मिम पुर्जा, सुशी बेल्जियमका बिनोद बानिया, पीएनभी इन्सुरेन्स, हिमालय रेस्तुरेण्टका मनोहरि शर्मा नेदरल्याण्ड, पपन हस्पिटालिटी ग्रुप नेदरल्याण्डका थानेश्वर कंडेल एबम लजिस्टिक पार्टनर हिमाल गुरंग नेदरल्याण्ड र यस प्रोगमका मिडिया पार्टनरका रुपमा युरोपका चर्चित मिडीया फोटो दृष्टि रहेको छ ।


क्याटेगोरी : विदेश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode