ईक्यानको नयाँ नेतृत्वमा दुई जनाको दाबी, पौडेल र भुसाल मैदानमा
ईक्यानमा प्यानल भिडन्त
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नयाँ नेतृत्वका लागि पुस २८ गते निर्वाचन हुँदैछ । निर्वाचनमा कांग्रेस, एमाले र नेकपा सामेल गठबन्धन हुने भएको छ । उक्त गठबन्धनका तर्फबाट लक्ष्मण पौडेल ‘एन्ड्रयु’ अध्यक्षका उम्मेदवार छन् । यो समुहले पुस २६ गते शनिबार घोषणासभाको आयोजना गर्ने तयारी गरेको छ ।
पौडेल प्यानलमा उपाध्यक्ष बासुदेव दाहाल र पुष्पराज भट्टराई तय भएका छन् । एक उपाध्यक्ष घोषणा गर्न बाँकी छ । महासचिवका उम्मेदवार नवराज केसी हुन् । सचिवमा एलबी गोले तामाङ र भुपाल केसीको टुंगो लागेको छ । कोषाध्यक्षमा साधना पुडासैनी र सहकोषाध्यक्षमा एसपी भट्टराई उम्मेदवार बन्ने भएका छन् । बाँकी पदाधिकारी र सदस्यहरुको नामबारे छलफल भइरहेको उनले बताए ।

अध्यक्षका उम्मेदवार पौडेल कांग्रेसनिकट हुन् भने उपाध्यक्षका उम्मेदवार दाहाल माओवादी निकटका हुन् ।
पौडेललाई चुनौती दिन अर्को प्यानल पनि बनेको छ । नेकपा अन्तर्गतकै पूर्वसमाजवादी समूहका प्रकाश पाण्डे (ईक्यानका पूर्वअध्यक्ष) पक्षधरले अर्को गठबन्धन बनाएका छन् । उक्त गठबन्धनका अध्यक्ष उम्मेदवार दीपकराज भुसाल छन् । उपाध्यक्षमा रत्न भट्टराई र विकल्प पोखरेल छन् । महासचिवमा भवनाथ उपाध्याय, कोषाध्यक्षमा उमा खड्का छन् ।
भुसाल समुहले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै विभिन्न २६ वटा एजेन्डा अघि सारेको छ । नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियान आफ्नो टिमले अघि सारेको भुसालको प्रतिबद्धता छ ।

सदस्य सेवा, व्यवसायिक प्रतिष्ठ, नेतृत्व क्षमता, संस्थागत स्थिरता लगायतमा आफ्नो समूहको एजेन्डा रहेको उनको भनाइ छ । आफ्नो नेतृत्वमा इक्यानका ७ सय सदस्यलाई विश्वसनीय र गरिमामय बनाउँदै विश्वमा प्लेटफर्म स्थापित गर्नु नै मुख्य एजेन्डा रहेको उनले बताए । उनकै टिमबाट महासचिवमा भवनाथ हुमागाईंले उम्मेदवारी घोषणा गराएका छन् ।
क्याटेगोरी : शिक्षा/स्वास्थ्य








प्रतिक्रिया