Techie IT
  • २० वैशाख २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले वृद्धि गरेको भाडादर फिर्ताको माग


काठमाण्डौ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले वृद्धि गरेको भाडादर तत्काल फिर्ताको माग राख्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले आन्दोलनको घोषणा गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियम विपरित भाडादर वृद्धि गरेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर तत्काल फिर्ताको माग राख्दै आन्दोलनको घोषणा गरेको हो ।

निर्यात प्रवर्द्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकाय नै जिम्मेवारीबाट पन्छिन्दै उद्योगी माथि भार थोपर्ने कार्य गरेको महासंघका अध्यक्ष रामहिरा पाठकले बताए ।

महासंघको सहमति विपरित २०७५ सालमै सञ्चालक समितिले ७ सय प्रतिशतसम्म भाडा बढाएको र अहिले सो कार्यान्वयन गर्ने भन्दै २०७९ साउनमा भाडावृद्धिको लाखौको विल उद्योगहरुमा पठाएपछि विवाद सुरु भएको हो ।


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode