Techie IT
  • १७ फागुन २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

अनुभव, शान्ति र कूटनीतिका धरोहर डा. अर्जुन कार्की संखुवासभामा बलियो दाबेदार


संखुवासभा । आगामी आमनिर्वाचन २०८२ को सन्दर्भमा संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्र यतिबेला विशेष चासोको केन्द्रमा छ। यस क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बनेका डा. अर्जुन कुमार कार्कीलाई यसपटक बलियो र जित सुनिश्चित गर्न सक्ने उम्मेदवारका रूपमा हेरिन थालिएको छ।

तीन दशकभन्दा बढी समय सामाजिक अभियन्ता, शिक्षक र शान्ति अभियानकर्मीका रूपमा सक्रिय रहँदै आएका कार्कीको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई अनुभव र दृष्टिकोणको बहसतर्फ मोडेको छ। विद्यार्थी आन्दोलनबाट सार्वजनिक जीवन सुरु गरेका उनले अन्याय र असमानताविरुद्ध आवाज उठाउँदै सामाजिक रूपान्तरणलाई आफ्नो राजनीतिक मूल मन्त्र बनाएका थिए।

द्वन्द्वकालीन असहज परिस्थितिमा उनले “गाउँबाट शान्ति र विकास” अभियान सञ्चालन गर्दै ६० जिल्लाका करिब १५ लाख परिवारसँग प्रत्यक्ष सहकार्य गरेको तथ्यलाई उनका समर्थकहरूले बलियो आधारका रूपमा प्रस्तुत गरिरहेका छन्। समुदायमा मेलमिलाप, संवाद र पुनर्निर्माणको पहलमार्फत उनले स्थानीय तहमा विश्वास र सहभागिताको आधार विस्तार गरेका थिए।

संखुवासभामा मात्रै २५ हजारभन्दा बढी परिवारसँग सशक्तिकरण तथा समुदाय विकास कार्यक्रम सञ्चालन गरेको उनको अनुभवले उनलाई ‘मैदानमै खटिएको नेता’का रूपमा स्थापित गरेको स्थानीय कार्यकर्ताहरूको दाबी छ।

उनको राजनीतिक जीवनको अर्को महत्वपूर्ण पाटो कूटनीतिक अनुभव हो। कार्कीले संयुक्त राज्य अमेरिका का लागि नेपालको राजदूतको जिम्मेवारी सम्हाल्दै विकास सहकार्य, आर्थिक कूटनीति र प्रवासी नेपालीसँग सम्बन्ध सुदृढ गर्न भूमिका खेलेका थिए। अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गरिसकेको अनुभवले नीति निर्माण र राष्ट्रिय हित संरक्षणमा परिपक्व नेतृत्व दिन सक्ने क्षमता उनीसँग रहेको एमाले नेताहरू बताउँछन्।

संखुवासभाको भूगोल, विकासको चुनौती र संघीय समन्वयका सवालमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै आएका कार्कीले चुनावी अभियानमा शान्ति, समावेशिता, आर्थिक सशक्तिकरण र प्रभावकारी प्रतिनिधित्वलाई प्राथमिकतामा राखेका छन्। उनका अनुसार संसद् केवल राजनीतिक बहसको थलो मात्र होइन, जनताको आवाजलाई नीति र कार्यक्रममार्फत परिणाममा रूपान्तरण गर्ने जिम्मेवार संस्था हो।

स्थानीय तहदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको अनुभव समेटेको उनको प्रोफाइलका कारण यसपटक संखुवासभामा एमालेको जितको सम्भावना बलियो बनेको विश्लेषकहरूको आकलन छ। संगठनात्मक मजबुती, व्यक्तिगत छवि र दीर्घकालीन सामाजिक योगदानको संयोजनले उनलाई प्रतिस्पर्धामा अग्रस्थानमा राखेको देखिन्छ।

अन्ततः निर्णय मतदाताको हातमा भए पनि अनुभव, शान्ति प्रक्रिया, समुदाय विकास र कूटनीतिक दक्षताको संगम बोकेको नेतृत्वका रूपमा डा. अर्जुन कुमार कार्की संखुवासभाबाट विजयी हुने आधार तयार हुँदै गएको राजनीतिक वृत्तमा चर्चा छ।

२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ एमालेका उम्मेदवारले ३२ हजार ६५९ मत ल्याएका थिए भने निकटतम प्रतिद्धन्द्धीले ३१ हजार ६३९ मत ल्याएका थिए ।

२०७९ मा संखुवासभामा समानुपातिक मत एमालेको २५ हजारभन्दा धेरै थियो भने कांग्रेसको २२ हजार मात्रै थियो । तत्कालिन केपा माओवादी केन्द्रको ७ हजार, रास्वपाको २४ सय, जसपाको ८ सय, राप्रपाको ६ सय मत आएको थियो । यसबाट पनि प्रष्ट हुन्छ कि संखुवासभामा एमालेको मत धेरै छ ।

००
डा. अर्जुनकुमार कार्कीको संकल्प : समृद्ध सङ्खुवासभा, सशक्त भविष्य

अर्जुनकुमार कार्की को प्रतिबद्धता केवल चुनावी घोषणा होइन, विगतको अनुभव र भविष्यको स्पष्ट दृष्टिकोणमा आधारित विकासको साझा संकल्प हो। सडक, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषि, पर्यटनदेखि सुशासनसम्म—समग्र जिल्लालाई समेट्ने योजनासहित उहाँ समृद्ध सङ्खुवासभाको अभियानमा अघि बढ्नुभएको छ।

पूर्वाधार र सडक सञ्जाल
निर्माणाधीन उत्तर–दक्षिण कोशी सडक, चतरा–लेगुवा–तुम्लिङटार–किमाथाङ्का अन्तर्राष्ट्रिय मार्ग, ग्रामीण कृषि सडक तथा चक्रपथ अवधारणाअनुसार जिल्लाभित्रका मुख्य बजार र बस्तीहरूलाई कालोपत्रे सडक सञ्जालमा जोड्ने योजना प्राथमिकतामा रहनेछ। खाँदबारी र तुम्लिङटार विमानस्थल स्तरोन्नति, अरुण नदीमा पुल निर्माण र दुर्गम क्षेत्रसम्म यातायात पहुँच विस्तार गरिनेछ।

जलविद्युत र ऊर्जा
अरुण तेस्रो, माथिल्लो अरुण, तल्लो अरुण, किमाथाङ्का–अरुणजस्ता परियोजनाबाट जिल्लाबासीलाई सेयर र रोजगारीमा प्राथमिकता सुनिश्चित गरिनेछ। बाँकी रहेका बस्तीहरूमा विद्युत विस्तार तथा सौर्य ऊर्जामा सहुलियत कार्यक्रम लागू गरिनेछ।

स्वास्थ्य र शिक्षा
जिल्ला अस्पतालमा विशेषज्ञ सेवा र उच्च प्रविधि विस्तार, पालिका अस्पताल सुदृढीकरण तथा स्वास्थ्य बिमा प्रभावकारी बनाइनेछ। विद्यालय एकीकरण, प्रविधिमैत्री शिक्षा, प्राविधिक शिक्षालय, नर्सिङ सेवा र मातृभाषा कक्षाको विस्तार गरिनेछ। “विद्धि योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय”लाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न पहल गरिनेछ।

कृषि, उद्योग र रोजगारी
सिँचाइ विस्तार, माटो परीक्षण केन्द्र, उन्नत बीउ–मल, कृषि बिमा र बजार सुनिश्चितता गरिनेछ। जडीबुटी, अलैंची, अदुवा, रुद्राक्ष, फलफूल तथा नगदे बालीमा आधारित उद्योग प्रवद्र्धन गर्दै “उद्योगः घरघरमा रोजगारी” अभियान अघि बढाइनेछ। युवा लक्षित स्टार्टअप फन्ड र सीपमूलक तालिमलाई प्राथमिकता दिइनेछ।

पर्यटन र सांस्कृतिक संरक्षण
मकालु बरुण राष्ट्रिय निकुञ्ज र विश्वको पाँचौं अग्लो हिमाल मकालु हिमाल लाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्दै स्थानीय अर्थतन्त्र सुदृढ गरिनेछ। तीनजुरे–मिल्के–जलजले क्षेत्र, धार्मिक तथा सांस्कृतिक स्थलहरूको विकास र अल्पसंख्यक समुदायको भाषा–संस्कृति संरक्षणमा विशेष जोड दिइनेछ।

सुशासन र सामाजिक न्याय
कानुनी शासन, शून्य सहनशीलतासहित भ्रष्टाचार नियन्त्रण, पारदर्शी सेवा प्रवाह र डिजिटल प्रणाली विस्तार गरिनेछ। महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायको सशक्तीकरण, सामाजिक सुरक्षा भत्ता वृद्धि र सुरक्षित आवास व्यवस्थापनमा अगुवाइ गरिनेछ।

विपद्, खानेपानी र सहरी विकास
विपद् जोखिम न्यूनीकरण, खाद्य सुरक्षा नीति, “एक घर–एक धारा” कार्यक्रम, ढल निकास र फोहोर व्यवस्थापन लागू गरिनेछ। डिजिटल हाउस नम्बरिङ, सुरक्षित आवास र व्यवस्थित बजार विकासमार्फत दिगो सहरीकरण अघि बढाइनेछ।


क्याटेगोरी : देश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode