ओखलढुङ्गामा चुनावी सरगर्मी बढ्दै, अस्मिता थापाको सक्रियता चर्चामा
ओखलढुङ्गा । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै ओखलढुङ्गामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। नेकपा ९एमाले० की युवा उम्मेदवार अस्मिता थापाले जिल्लामा आफ्नो घरदैलो तथा मतदाता भेटघाटु अभियानलाई तीव्र पारेकी छन्। मङ्गलबार चम्पादेवी गाउँपालिकाका विभिन्न स्थानमा आयोजित भेटघाटमा मतदाताको उल्लेख्य सहभागिता देखिएको थियो। चुनावी मैदानमा युवा र नयाँ अनुहार उत्रिएपछि ओखलढुङ्गाका मतदातामा विशेष उत्साह देखिएको एमाले जिल्ला नेतृत्वको दाबी छ।
जनगुनासो सुन्दै, प्रतिबद्धता जनाउँदै चुनावी अभियानका क्रममा थापाले परम्परागत शैलीका लामा भाषणभन्दा मतदाताका घरआँगनमै पुगेर स्थानीय समस्या सुन्ने कार्यलाई प्राथमिकता दिएकी छन्। उनले विकास र सुशासनलाई आफ्नो मुख्य मुद्दा बनाएको बताइन्। भेटघाटका क्रममा उम्मेदवार थापाले भनिन्, “म केवल भोट माग्न मात्र आएकी होइन, तपाईंका समस्यालाई नजिकबाट बुझ्न आएकी हुँ। प्रतिशोध वा आलोचनाको राजनीतिभन्दा माथि उठेर विकास र समृद्धिको एजेन्डासहित म तपाईंहरूकै साथमा रहनेछु।” उनले जनताको विश्वास र मायालाई कहिल्यै धोका नदिने बाचा समेत गरिन्। महिला र युवाको विशेष साथ एक सशक्त युवा महिला उम्मेदवारका रूपमा प्रस्तुत भएकी थापालाई ओखलढुङ्गाका महिला र युवा मतदाताले भरोसाको केन्द्रु मानेका छन्।
समावेशी र परिणाममुखी नेतृत्वको खोजी भइरहेका बेला थापाको उम्मेदवारीले जिल्लामा नयाँ राजनीतिक तरंग पैदा गरेको विश्लेषण गर्न थालिएको छ। थापाले आफ्नो कार्यकालमा महिला सशक्तीकरण र भ्रष्टाचार नियन्त्रणका लागि ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। घरदैलोमा भेटिएका वृद्धवृद्धाहरूले उनलाई आशीर्वाद दिँदै गाउँको मुहार फेर्ने नेतृत्वको अपेक्षा राखेका छन्। निर्वाचनको घडी नजिकिँदै गर्दा ुजनताको मन जितेरै परिणाम आफ्नो पक्षमा पार्नेु रणनीतिसहित थापा यतिबेला ओखलढुङ्गाका गाउँबस्तीमा पुगिरहेकी छन्।
क्याटेगोरी : देश








प्रतिक्रिया