Techie IT
  • ६ फागुन २०८२, बुधबार
  • काठमाडौं
Khoj Mission News

सिस्नेमा प्रचण्डको विहानी वाकिङ, माल्यार्पण र स्थानीयको घरमा खाजा


रुकुम पूर्व, ५ फागुन नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिस्ने गाउँपालिकाको नेटामा रहेको सहिद स्मृति पार्कमा पुगेर सहिदका प्रतिमामा माल्यार्पण गर्नु भएको छ । उहाँले त्यहाँ उपस्थित सहिद परिवारलाई सम्मान समेत गर्नुभएको छ । मतदाता भेटघाटका लागि सिस्ने गाउँपालिकाको नायगाड पुग्नु भएका संयोजक प्रचण्ड मङ्गलबार विहान वाकिङ नेटामा रहेको सहिद पार्क पुग्नु भएको हो ।

उहाँले स्थानीय टोपबहादुर खत्रीको घरमा मकैको रोटी र दुध खानु भयो। संयोजक प्रचण्डले वाकिङकै क्रममा प्वाङ स्वास्थ्य चौचीको निरीक्षण गर्नुभएको छ । आजै नायगाडमा आयोजित चुनावी सभालाई संबोधन गर्नुहुनेछ। यो प्रचण्डको पहिलो चुनावीसभा हुनेछ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode