अमेरिकी सेना सहभागिताप्रति नेपाल कम्युनिस्ट पार्टी (एस.टि.एफ.) को आपत्ति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एस.टि.एफ.) ले नेपालमा हुन लागेको शिवरात्रि जात्रा तथा नेपाली सेनाको प्रदर्शन कार्यक्रममा अमेरिकी सेना सहभागी हुने विषयप्रति कडा आपत्ति जनाएको छ।
पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनलाई लक्षित गर्दै विदेशी हस्तक्षेप बढेको आरोप लगाएको छ। विज्ञप्तिमा अमेरिकी साम्राज्यवादी नीतिअन्तर्गत नेपाली राजनीतिमा हस्तक्षेप भइरहेको दाबी गरिएको छ।

पार्टीले हिन्दु धर्मावलम्बीहरूको पर्व शिवरात्रिको अवसरमा आयोजना हुने कार्यक्रम तथा नेपाली सेनाको प्रदर्शनमा अमेरिकी सेनाको सहभागिता राष्ट्रिय स्वाधीनताविरुद्धको कदम भएको जनाएको छ। साथै, नेपाली सेनालाई राजनीतिकरण गर्ने प्रयास भएको आरोप पनि विज्ञप्तिमा उल्लेख छ।
काठमाडौंमा हुने कार्यक्रममा विदेशी सेना उभिनु गम्भीर विषय भएको उल्लेख गर्दै पार्टीले सरकारसँग स्पष्ट जवाफ मागेको छ। सरकारबाट चित्तबुझ्दो स्पष्टीकरण नआए निरन्तर संघर्षमा उत्रिने चेतावनीसमेत पार्टीले दिएको छ।
एसटिएफका महासचिवको विज्ञप्तिमा नेपाली जनता चुप नबस्ने र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने प्रतिबद्धता दोहोर्याइएको छ।
क्याटेगोरी : देश









प्रतिक्रिया