रास्वपामा टिकट विवाद चुलियो: ललितपुर–२ का उम्मेदवार जगदीश खरेलविरुद्ध कार्यकर्ताको आक्रोश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ स्थानमा उम्मेदवार फाइनल भएका हुन् ।
काठमाडौ
क्षेत्र नम्बर १ रञ्जु दर्शना
क्षेत्र नम्बर २ सुनिल केसी
क्षेत्र नम्बर ३ राजु पाण्डे
क्षेत्र नम्बर ४ पुकार बम
क्षेत्र नम्बर ५ सस्मित पोखरेल
क्षेत्र नम्बर ६ शिशिर खनाल
क्षेत्र नम्बर ७ गणेश पराजुली
क्षेत्र नम्बर ८ विराजभक्त श्रेष्ठ
क्षेत्र नम्बर ९ डीपी अर्याल
क्षेत्र नम्बर १० प्रदीप विष्ट
ललितपुर
क्षेत्र नम्बर १ बुद्धरत्न महर्जन
क्षेत्र नम्बर २ जगदीश खरेल
क्षेत्र नम्बर ३ तोसिमा कार्की
भक्तपुर
क्षेत्र नम्बर १ रुकेश रञ्जित
क्षेत्र नम्बर २ राजीव खत्री
देशैभर धेरै ठाउँमा रास्वपाले पार्टीमा योगदान नदिएका व्यक्तिलाई टिकट दिएको भन्दै विरोध भइरहेको छ । सबैभन्दा विरोध ललितपुर क्षेत्र नम्बर २ का उम्मेदवार जगदीश खरेलको भएको छ । उनी यसअघि रास्वपामा थिएनन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रहेका खरेलले उम्मेदवारी मनोनयन गर्ने दिन मंगलबार मात्रै रास्वापमा प्रवेश गरेका हुन् । उनले सोमबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।
मंगलबार टिकट लिएपछि रास्वपा कार्यालयमा देखिएका खरलेको चर्को विरोध भएको थियो । एक समुहले उनलाई पार्टी कार्यालयबाट धकेलेर लखेटेको भिडियो सार्वजनिक भएको छ । अर्को समुहले उनलाई चोरबाटोबाट रास्वपा प्रवेश गरेर उम्मेदवार भएको भन्दै नाराबाजी गरेका थिए ।
खरेलले ललितपुरको तीनवटै क्षेत्र घण्टीमय बन्ने भनेर भाषणा गरिरहँदा कार्यकर्ताले होहल्ला गरेर विरोध जनाएका थिए ।
हेर्नुहोस् भिडियो :
https://www.facebook.com/reel/2035622900552698
क्याटेगोरी : देश








प्रतिक्रिया