Techie IT
  • ६ माघ २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

चुनाव २०८२: चर्चित नेता पाखा, नयाँ नेतृत्वको उदय!


टिकट नपाउने नेता र नयाँ उम्मेदवारको उदय: निर्वाचनको प्रतिस्पर्धा बदलिँदै

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त छन्। अधिकांश दलले केहि क्षेत्रमा मात्र निर्णय बाँकी राखेका छन्। यस पटक धेरै चर्चित नेता र नेतृहरुले पटक–पटक चुनाव जितेका भए पनि टिकट पाएका छैनन् भने केहीले स्वेच्छाले चुनाव नलड्ने निर्णय गरेका छन्।

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको विपक्षी प्यानलमा रहेका नेताहरू प्रमुख निशानामा परेका छन्। महाधिवेशनमा ओलीविरुद्ध लडेका योगेश भट्टराई, सुरेन्द्र पाण्डे, ठाकुर गैरे, कर्ण थापा लगायतका नेताहरूले यसपटक टिकट पाएका छैनन्। साथै, ओलीका विश्वासपात्र मानिएका गोकुल बाँस्कोटालाई पनि उम्मेदवार बन्न रोकिएको छ।

त्यस्तै, नेपाली कांग्रेसमा पनि केही नेता चुनाव नलड्ने वा पछि हट्ने निर्णय गरेका छन्। पूर्वमन्त्री प्रकाश ज्वालाले सल्यानमा रमेश मल्ललाई उम्मेदवार बनाएका छन्। गगन थापा सभापति निर्वाचित भएपछि सर्वोच्चमा गएर विरोध गरेका पूर्णबहादुर खड्का पछि हटेका छन्। उपसभापति विश्वप्रकाश शर्माले नयाँलाई अवसर दिने भन्दै उम्मेदवार बन्न अस्वीकार गरेका छन्।

यो अवस्थामा नयाँ र अपेक्षाकृत कम परिचित उम्मेदवारहरूलाई अवसर मिलेको छ। यसले मतदातालाई वैकल्पिक नेतृत्व छान्ने सम्भावना बढाएको छ। नयाँ उम्मेदवारहरूको आगमनसँगै चुनावी बहस अनुभवभन्दा बढी कार्ययोजना, दृष्टिकोण र इमान्दार नेतृत्वमा केन्द्रित हुने देखिन्छ। यसले परम्परागत राजनीतिक संरचनामा चुनौती दिने र लोकतान्त्रिक प्रतिस्पर्धालाई जीवित बनाउने संकेत पनि देखाएको छ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode