फागुन २१ को प्रतिनिधि निर्वाचनका लागि आजपा एकजुट, नयाँ नेताहरूलाई स्वागत
काठमाडौं । आम जनता पार्टी (आजपा)संग पार्टी एकीकरणका साथै पार्टी प्रवेश गर्ने लहर चलेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिदै जाँदा पार्टी एकीकरण र पार्टी प्रवेश दिनदिनै भइरहेको छ । काठमाडौंको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा आज (आइतवार) आजपा र पहिला देश अभियानबीच पार्टी एकता भएको छ । पाँच बुँदे सहमती गर्दै आजपा र अभियानबीच पार्टी एकीकरण भएको घोषणा भएको हो ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र अभियानका संयोजक नन्दप्रसाद काप्रीले सहमतीपत्रमा हस्ताक्षर गर्दै २१ फागुनको निर्वाचनमा मोवाइल चुनाव चिन्हबाट निर्वाचनमा सहभागि हुने सहमती गरेका छन् । ‘आगामी २०८२ फाल्गुन २१ गतेमा सम्पन्न हुन गईरहेको संसदीय चुनावमा आम जनता पार्टीको चुनावी अभियानलाई परिणाममुखी बनाउन पहिला देश अभियान र आम जनता पार्टीको नीति बमोजिम हुने सबै क्रियाकलापमा संयक्त भूमिका खेल्ने समझदारी गर्दछौँ,’ सहमती पत्रमा उल्लेख गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १२ जना केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरेका छन् ।
विद्या प्रसाद शर्मा (दैलेख), राधेश्याम गुप्ता (रुपन्देही) सहितका १२ जना केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् । यसैगरी आजै, जनमत पार्टीका केन्द्रीय सदस्य एवं मण्डल सेवा समाजका पूर्व अध्यक्ष पवनकुमार मण्डलले पनि आजपामा प्रवेश गरेका छन् । आजपा अध्यक्ष साहले उनीहरुलाई टिका, माला लगायर पार्टीमा प्रवेश गराउदै स्वागत गरेका छन् ।
क्याटेगोरी : देश











प्रतिक्रिया